काठमाडौँ– साउथ फिल्मका चर्चित कोरियोग्राफर जानी मास्टर पछिल्लो समय यौन दुर्व्यवहारको कारण विवादमा छन्। गत महिना कोरियोग्राफरलाई एक युवतीले यौन उत्पीडनको आरोप लगाएकी थिइन्। मास्टरलाई सेप्टेम्बर १९ पक्राउ गरिएको थियो।
यौन दुर्व्यवहारको आरोप लागेकै कारण अक्टोबार ८मा विज्ञान भवनमा उनलाई प्रदान गरिने राष्ट्रिय पुरस्कार रद्द गरिएको छ।
सूचना तथा प्रसारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय चलचित्र पुरस्कार शाखाले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय चलचित्र पुरस्कारका लागि पठाएको निमन्त्रणा आरोप सार्वजनिक हुनुअघि नै जारी गरिएको जनाएको छ।
फिल्म फङ्स्कन निर्देशनालयकी उपनिर्देशक इन्द्राणी बोसले भनिन्, ‘अभियोगको गम्भीरता र मुद्दा अदालतमा विचाराधीन रहेको तथ्यलाई ध्यानमा राख्दै उत्कृष्ट कोरियोग्राफीको अवार्ड अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।’
जानी मास्टरलाई २१ वर्षीया किशोरीले १६ वर्षकी हुँदा साथी कोरियोग्राफरले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। उनले विगत ६ वर्षदेखि शोषण गर्दै आएको आरोपमा उल्लेख छ।
आरोप लगाउने युवती उनको सहायक कोरियोग्राफर हुन्।
आरोप लागेपछि उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको थियो। भर्खरै उनले ४ दिनको जमानत पाएर असोज ११ अक्टोबरमा आत्मसमर्पण गर्ने वाचा गरेका थिए।


