२०८३ कार्तिक १३ गते बिहिबार

दसैँमा दशतिरका दशथरि दृश्य [तस्बिरहरू]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २३
SG_MyagdiPing
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्नका लागि मगर समुदायको मौलिक वेशभूषामा सजिएर भेला भएका स्थानीयबासीहरु र पृष्ठभूमिमा देखिएको निलगिरी र अन्नपूर्ण हिमशृङ्खलाको दृष्य। तस्बिर: सन्तोष गौतम, रासस

काठमाडौँ- आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मानिने दसैँलाई बडा दसैँ, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ। आश्विन शुक्ल दशमीमा यसको मुख्य दिन हो। सप्तमी (फूलपाती), महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको विशेष रूपमा मानिन्छ।

यो नेपालीहरूको सबैभन्दा ठूलो चाड मानिन्छ।

बडादसैँको पर्वमा मालसिरी वा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ। पूजापाठ, भेटघाट, टीकाजमरा र पिङ दसैँका पर्यायका रुपमा स्थापित भएका छन्।

हेरौँ १० तिरका १० दृश्य

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको चेतरादेइवासी सामूहिक रुपमा गाउँको बाटो सरसफाइ गर्दै । तस्बिरः सनिउल्ला धोबी/रासस

नेपालगञ्ज उपमहानगरपालिका-९ स्थित रामलिला मैदानमा प्रत्येक वर्ष घटनास्थापनाको दिनदेखि रामायणको कथा सुनाउने परम्परा रहेको छ । सोही क्रममा दसैँ पञ्चमीको दिन सोमबार राती भक्तजनलाई कलाकारहरुद्वारा रामकथा प्रस्तुत गरिँदै । तस्बिर : रुपनी जिएम / रासस

दक्षिणकालीस्थित शक्तिपीठ दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

मोरङको सुन्दरहरैँचा नगरपालिका-९ स्थित नागदेवी मन्दिरमा बडादसैँको अवसरमा दुर्गा पूजाका लागि स्थापना गरिएको मूर्ति । तस्बिर : मणिराम दाहाल / रासस

जुम्लाको तातोपानी गाउँपालिका–७ का भेडापालक किसानले दसैँका लागि बिक्री गर्न जुम्ला सदरमुकाम खलङ्गा बजारमा ल्याएका भेडा खरिद गर्नका लागी छान्दै ग्राहक । तस्बिर ः विजय रावत/ रासस

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा बडादसैँका लागि घर जान गाडी चढ्न आएका यात्रुहरुको घुइँचो । तस्बिर : हरिराम भेटुवाल / रासस

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-२ मा अवस्थित नाथ बाबा मन्दिरको प्राङ्गणमा दसैँको अवसर पारेर आज मिथिलाको लोकप्रिय झिझिया नाच नाच्दै महिलाहरू । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस

बडादसैँको सातौँ दिन बुधबार बिहान दाङको घोराही उपमहानगरपालिका- १८ स्थित अम्बिकेश्वरी मन्दिर अम्बापुरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर : कुलदीप न्यौपाने / रासस

सुनसरीको इनरुवा बजारस्थित एक पसलमा दसैँका लागि कपडा किन्दै उपभोक्ता । दसैँमा पसलमा कपडा किन्नेको भीड बढेको व्यापारी बताउँछन् । तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित: २०८१ असोज २३ गते बुधबार ११:१७
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना