काठमाडौँ- कामना सेवा विकास बैंकले बुद्ध एयरसँग सेवा शुल्क छुट सम्बन्धी छुट सम्झौता गरेको छ।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुध्द एयरको टिकटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका ग्राहक तथा ग्राहकका परिवार सदस्यहरुले बुध्द एयरको काउन्टरबाट उक्त छुट पाउनेछन्।
साथै, सम्पूर्ण आन्तरिक विमानस्थलमा रहेको बुध्द एयरको काउण्टरबाट टिकट लिएपछि बैंकको मोबाइल बैंकिङ मार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डका प्रयोगकर्ता तथा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउनेछन्।
यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ। उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक हरि प्रसाद लम्साल र बुध्द एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन्।


