२०८३ कार्तिक १३ गते बिहिबार

टी–२० आई सिरिजको पहिलो खेलमा अमेरिकामाथि नेपालको जित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २
nepal-vs-usa-1729217397

काठमाडौं– नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ।

१६५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १४७ रन बनायो। अमेरिकाका लागि शयान जहाँगिरले उत्कृष्ट अर्धशतकीय पारी खेल्दै ३४ बलमा ६० रन बनाए। उनले ६ चौका र दुई छक्का प्रहार गरे।

यस्तै एन्ड्रिज जोशले ३०, मिलिन्द कुमारले २२ तथा जसदीप सिंहले १६ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अमेरिकालाई पराजित गर्ने क्रममा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिँदा रिजन ढकाल, करण केसी र गुलशन झाले १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४९ रन जोडे। अन्तिम बलमा दुई रन लिन खोज्दा रन आउट हुँदै अर्धशतक प्रहार गर्न बाट मात्र एक रनले चुके। उनले चार चौका र एक छक्का प्रहार गरे।

यस्तै दीपेन्द्र सिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्काको सहयोगमा २८ रन जोड्दा ओपनर अनिल साह र आसिफ शेखले २७/२७ रन जोडे।

गुलशन झाले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले दुई रन जोडे। करण केसी र आरिफ शेख ० रनमा आउट हुँदा सागर ढकाल पनि शून्य रनमा नटआउट रहे।

अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदीप सिंह र हर्मीत सिंहले २/२ विकेट लिँदा अली खान र नोस्थुज केन्जीले एक/एक विकेट हात पारे। नेपाल र अमेरिकाबीच टी–२० आई खेल पहिलोपटक आयोजना भएको हो।

यो सिरिजपछि नेपालले अमेरिकामै विश्वकप लिग दुई अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ।

प्रकाशित: २०८१ कार्तिक २ गते शुक्रबार ०९:३८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

बंगालको खाडीमा चक्रवातको प्रभावः नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने

काठमाडौं। बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन्। मौसमविद् विनोद पोखरेलले सामाजिक...

टीकाको उत्तम साइत १०:२६ बजे, कता फर्किने?

काठमाडौँ: हिन्दूहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी मनाइँदैछ । आजको दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष...

महँगीविरुद्ध फ्रान्समा प्रदर्शनी चर्कियो, १२ सय जना पक्राउ

देशभर लाखौँ मानिस सडकमा उत्रिएका छन्। प्रदर्शनका क्रममा सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र प्रहरीसँग झडपका घटना भएका छन्।

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना