काठमाडौँ– नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० क्रिकेट खेल रोमाञ्चक सुपर ओभरमा पुगेको छ।
अमेरिकाको डालासस्थित ग्राउण्ड पेरी स्टेडियममा भएको खेलमा नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याउँदै, अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल बराबरीमा पुगेको हो।
नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो।
अमेरिकाले अन्तिम ओभरमा खेललाई निकै प्रतिस्पर्धात्मक बनायो। ओभरको अन्तिम बलमा जस्सी सिंह रनआउट भए पनि अमेरिकाले खेललाई सुपर ओभरसम्म पुर्याउन सफल भयो।


