काठमाडौँ– नेपालले अमेरिकालाई हराउँदै टी-२० आई सिरिजको दोस्रो खेलमा पनि जित हासिल गरेको छ। सुपर ओभरमा अमेरिकालाई पराजित गर्दै नेपालले खेल आफ्नो पक्षमा पारेको हो।
सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि खेल सुपर ओभरमा पुगेको थियो। नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै अमेरिकालाई १७१ रनको लक्ष्य दिएको थियो।
अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्दा खेल सुपर ओभरमा प्रवेश गरेको थियो।


