२०८३ कार्तिक १३ गते बिहिबार

सोमपाल चम्किँदा एक खेल बाँकी छँदै नेपालले जित्यो सिरिज

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ४
sompal-kami-1729396714

काठमाडौँ- सोमपाल कामी चम्किँदा नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन टी–२० आई सिरिज एक खेलअगावै जितेको छ। आइतबार बिहान भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेसँगै नेपालले सिरिज जितेको हो।

शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले घरेलु टोलीमाथि १७ रनको जित हासिल गरेको थियो।

नेपालले सिरिजमा २–० को अग्रता बनाएको छ। नेपालले तेस्र तथा अन्तिम खेल मंगबलार खेल्नेछ। दोस्रो खेलमा भने नेपाललाई जित निकाल्न सुपर ओभरसम्म पर्खिन पर्‍यो।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले कुशल भुर्तेलको अविजित ९२ रनको मद्दतमा अमेरिकालाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो। तर, अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएको थियो। त्यसपछि खेल सुपर ओभरमा पुगेको हो। अमेरिकालाई अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएको थियो। सोमपाल कामीले आन्द्रेस गसलाई पहिलो बलमा एक रन दिए।

दोस्रो बलमा जसदीप सिंहले दुई रन लिए। तेस्रो बलमा उनले पुन: एक रन लिए। चौथो बलमा ४३ बलमा तीन चौका र चार छक्कासहित ६२ रन बनाएर खेलिरहेका गस बाउन्ड्री लाइननजिक कुशल भुर्तेलबाट क्याच आउट भए।

त्यसपछि अमेरिकालाई जितका लागि दुई बलमा तीन रन चाहिएको थियो। सोमपालले अली खानलाई पाँचौं बलमा एक रन दिए। २०औं ओभरको अन्तिम बलमा जसदीपले एक रन लिँदै खेल सुपर ओभरमा धकेले। उनी अन्तिम बलमा दुई रन लिने कोसिस गर्दा दीपेन्द्रसिंह ऐरी र विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन्।

सुपर ओभरको पहिलो र दोस्रो बलमा सोमपालले सयन जहाँगिर र आन्द्रेस गसलाई समान एक रन दिए। तर, तेस्रो बलमा सयन बोल्ड हुन पुगे। चौथो बलमा सोमपालले दीपेन्द्रबाट आरोन जोनेसलाई शून्य रनमा क्याच आउट गराए। सोमपालले सुपर ओभरमा सहित चार विकेट लिए।

त्यसपछि नेपालले तीन रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य नेपालले चार बलमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो। सुपर ओभरमा कुशलले एक रन बनाए। रोहितकुमार पौडेलले तीन बलमा दुई रन बनाएपछि नेपालले लगातार दोस्रो जितसहित सिरिज एक खेलअगावै जितेको हो।

प्रकाशित: २०८१ कार्तिक ४ गते आईतबार १०:१०
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना