काठमाडौँ- सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ता र नेपाल प्रहरीबीच झडप भएको छ।
रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि आक्रमण गरेका थिए। यसपछि प्रहरीले बल प्रयोग गरेको थियो।
सोही क्रममा प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो।
लामिछानेलाई शुक्रबार पक्राउ गरी पोखरा लागिएको थियो।
लामिछानेलाई ६ दिनसम्म हिरासतमा नै राखेर अनुसन्धान गर्न कास्की अदालतले अनुमति दिएको छ।












तस्बिर : नेपाल फोटो लाइब्रेरी


