काठमाडौँ- नेपालले साफ महिला च्याम्पियन २०२४ को समूह चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्सको पोस्टमा गोलको वर्षा गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंशालामा जारी खेलमा ७३ मिनेट सकिँदा नेपालले ८ गोल गरेको हो। नेपालविरुद्ध मालदिभ्सले गोल गर्न सकेको छैन।
खेलमा रेखाले मात्र ४ गोल गरेकी छन्। प्रीति राईले दुई र सविता रानामगर र अनिता केसीले एकएक गोल गरेका छन्।
पहिलो हाफमा नै नेपाली टोली ४–० को अग्रतामा थियो।
खेलको छैटौं मिनेटमै नेपालले सुरुआती अग्रता लिएको थियो। सविताको क्विक कर्नरमा प्रीतिले पेनाल्टी बक्सबाहिरबाट प्रीतिले प्रहार गरेको बल सीधै गोलमा परिणत भएको थियो। २९औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो।
माल्दिभ्सकी डिफेन्डरबाट बल खोस्दै सुरु लिम्बूले दिएको बललाई सविताले बक्सबाहिरबाट दोस्रो बारमा गोल गरेकी थिइन्। ३२औं मिनेटमा रेखाले नेपालको अग्रता ३–० मा पुर्यायो। रश्मिकुमार घिसिङले सिक्स यार्डनजिकबाट दिएको बललाई रेखाले हुलमुलमा जाली चुमाएकी थिइन्।
४२औं मिनेटमा रेखाले नै व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन्। सविताले दिएको क्रसमा उनले गोल गर्दै नेपाललाई पहिलो हाफमै फराकिलो अग्रता दिलाइन्।
६३औँ मिनेटमा रेखा र ६४औँ मिनेटमा प्रीतिले गोल थपे। ६७औँ मिनेटमा अनिता केसीले गोल गरिन्।












