२०८३ कार्तिक १३ गते बिहिबार

मालदिभ्सको पोस्टमा नेपालका ११ गोल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ५
nepvsmal-3

काठमाडौँ- नेपालले साफ महिला च्याम्पियन २०२४ को समूह चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्सको पोस्टमा गोलको वर्षा गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंशालामा खेल सकिँदा नेपालले ११ गोल गरेको हो। नेपालविरुद्ध मालदिभ्सले गोल गर्न सकेन।

नेपाललाई पहिलो जित दिलाउन रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन्। यस्तै, प्रीति राईले ह्याट्रिक गोल गर्दा र सविता रानामगर, अमिसा कार्की र अनितता केसीले समान एकएक गोल गरे।

खेलको छैटौं मिनेटमै नेपालले सुरुआती अग्रता लिएको थियो। सविताको क्विक कर्नरमा प्रीतिले पेनाल्टी बक्सबाहिरबाट प्रीतिले प्रहार गरेको बल सीधै गोलमा परिणत भएको थियो। २९औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो।

माल्दिभ्सकी डिफेन्डरबाट बल खोस्दै सुरु लिम्बूले दिएको बललाई सविताले बक्सबाहिरबाट दोस्रो बारमा गोल गरेकी थिइन्। ३२औं मिनेटमा रेखाले नेपालको अग्रता ३–० मा पुर्‍यायो। रश्मिकुमार घिसिङले सिक्स यार्डनजिकबाट दिएको बललाई रेखाले हुलमुलमा जाली चुमाएकी थिइन्।

४२औं मिनेटमा रेखाले नै व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन्। सविताले दिएको क्रसमा उनले गोल गर्दै नेपाललाई पहिलो हाफमै फराकिलो अग्रता दिलाइन्।

६३औँ मिनेटमा रेखा र ६४औँ मिनेटमा प्रीतिले गोल थपे। ६७औँ मिनेटमा अनिता केसीले गोल गरिन्।

रेखाले ७७औं मिनेटमा पाँचौ गोल गरिन्। ८७औं मिनेटमा प्रीतिले ह्याट्रिक पूरा गरिन्। उनले पेनाल्टीमार्फत गोल गरेकी हुन्।

लगत्तै अमिसा कार्कीले गोल गर्दै नेपालको अग्रता ११ गोलमा पुर्‍याइन्।

प्रकाशित: २०८१ कार्तिक ५ गते सोमबार ०७:२८
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना