ललितपुर- ललितपुरमा बाढीले नदी किनारमा जम्मा गरेको फोहोर हटाउन थालिएको छ। असोज ११ र १२ गतेको आएको बाढीले नदी किनारामा फोहोर थुपारेकाले हटाउन थालिएको हो।
सफाइ कार्यमा ललितपुर महानगरपालिका, वडा, स्थानीय र नेपाल प्रहरी खटिएका छन्। शनिबार बिहान ७:३० बजेबाट बागमती नदी, नख्खु खोला, बालकुमारी क्षेत्रका नदीहरूको सफाइ गरिएको जानकारी महानगरले दिएको छ।
बाढीपहिरोमा परी ललितपुर जिल्लामा ४६ जनाको मृत्यु भएको थियो। दुई दिनको बाढीपहिरोमा परी देशभरमा २४४ जनाको मृत्यु भएको पुष्टि भएको छ। १८ जना बेपत्ता छन्।
मृतकका परिवारलाई प्रतिव्यक्ति रु दुई लाखका दरले राहत रकम वितरण गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।













तस्बिर : नेपाल फोटो लाइब्रेरी
