२०८३ कार्तिक १२ गते बुधबार

एआईसम्बन्धी नीतिमा सरकारको चासो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ११
ps_gurung

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुृरुङले इन्टेलिजेन्स आर्टिफिसियल (एआई) र रोबर्टजन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्रालाई तीव्र गति दिने सम्भावनालाई ध्यानमा राख्दै सरकार यससम्बन्धी नीति निर्माणमा लागिपरेको बताएका छन्।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा राजधानीमा आजदेखि सुरु भएको एआई र रोबोेट प्रविधिसम्बन्धी दुईदिने सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले देशको आर्थिक, औद्योगिक विकासका साथै अनुसन्धान र शिक्षाको उन्नयनमा एआईको असीमित भूमिका हुने समेत बताए।

एआई र रोबोर्ट प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोग गर्न सके औद्योगिक क्षेत्रमा उत्पादनको सङ्ख्या, गुणस्तर मात्र बढ्ने नभई नवप्रवर्तनलाई प्रोत्साहन मिल्ने भएकाले सरकारले सार्वजनिक निजी साझेदारीअन्तर्गत अघि बढ्न चाहेको पनि मन्त्री गुरुङले बताए।

नेपालले योजनाबद्ध रूपमा सूचना प्रविधिसम्बन्धी विशेष आर्थिक क्षेत्र अघि बढाउँदै सूचना प्रविधिमा क्रान्ति गर्नाका साथै वैदेशिक सूचना प्रविधि कम्पनीहरुलाई उनीहरुको उत्पादनका लागि ‘आउट सोर्सिङ’ गन्तव्यका रूपमा आकर्षित गर्न खोजेको मन्त्री गुरुङले बताए। ‘यसमार्फत हामीले सूचना प्रविधिमा दक्ष जनशक्तिलाई देशभित्रै आकर्षक रोजगारीको सुनिश्चितता गर्न खोजेका हौँ’, उनले भने।

साथै नेपाललाई सूचना प्रविधिसम्बन्धी लगानीका लागि एउटा आकर्षक गन्तव्यका रुपमा विकास गर्न खोजिएको मन्त्री गुरुङले बताए। एआईसहित उच्चस्तरको आइसिटी इकोसिस्टमसम्बन्धी लक्ष्य प्राप्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा एआईको प्रयोगसम्बन्धी अवधारणपत्रसमेत तयार पारिसकेको उनले उल्लेख गरे।

सरकारले डिजिटल नेपाल फ्रेम वर्कसम्बन्धी नीतिको परिमार्जन आइटी एवं साइबर सुरक्षा ऐनको तयारीका साथ आवश्यक कानुन नीतिहरुसमेत बनाइरहेको उनले बताए। राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना तथा सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन निर्देशिका लागू हुने क्रममा रहेको उनले जानकारी दिए।

मन्त्रालयले डिजिटल नेपाल फ्रेम वर्कको प्रभावकारी कार्यान्वयन गर्दै डिजिटल प्रविधिको सार्वजनिक प्रयोगलाई बढावा दिन खोजिरहेको मन्त्री गुरुङले बताए। दिगो विकास लक्ष्य, २०३० को प्राप्तिका लागि सूचना प्रविधि क्षेत्रलाई अघि बढाउन आवश्यक भएको उनको धारणा थियो। नेपाललाई सूचनाप्रविधि मैत्री तथा एआई मैत्री देश बनाउनका लागि निजीलगायत सबै क्षेत्रलाई मन, वचन र कर्मका साथ सहकार्य गर्न मन्त्री गुरुङले आह्वान गरे।

कार्यक्रममा युरोपेली देशमा रोबर्ट प्रविधि प्रवद्र्धन गरिरहेको संस्था इयू रोबोटिक्सका उपाध्यक्ष प्राध्यापक जुवा रोनिङले एआईको प्रयोग मानव हितका साथै मानवीय मर्यादा कायम रहनेगरी गर्नुपर्नेमा जोड दिँदै नीतिनियमबाट निर्देशित एआई प्रयोग हुनुपर्ने बताए। ‘आजको समग्र चिन्ता नै एआईको प्रभावकारी, सर्वस्वीकार्य तथा सुरक्षित प्रयोग कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने हो’, उनले भने।

अबुधावीस्थित खलिफा विश्वद्यालयका प्राध्यापक डा जे एम मनिन्द्र दियासले कृषि, स्वास्थ्यसहितका विकासका विभिन्न विधामा एआईको प्रयोगले चामत्कारिक नतिजा दिएको उदाहरण प्रस्तुत गरेका थिए। सोमबारसम्म चल्ने सेमिनारमा एआई र रोबोर्ट यन्त्रको विकासमा विभिन्न क्षेत्रका भूमिका तथा आगामी बाटोबारे छलफल हुने आयोजक संस्था राष्ट्रिय युवा सङ्घ नेपालले जानकारी दिएको छ।

प्रकाशित: २०८१ कार्तिक ११ गते आईतबार ०७:१६
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना