काठमाडौँ– सेलेब्रिटीहरूबारे प्रशंसक र शभचिन्तकहरूलाई सधैं चासाे हुन्छ।
त्यसकै फाइदा उठाउँदै बेला बेलामा कतिपयले झुटा गसिप र अफवाहहरू फैलाउने गर्छन्। यो प्रवृत्ति अहिलेसम्म पनि कायम छ।
प्रायजसो व्यक्तिगत जीवनका सम्बन्धका कुराहरूलाई अफवाहका रुपमा फैलाइएका घटना थुप्रै छन्। विवाह, अफेयर र सम्बन्धविच्छेका हल्लाहरू हरेक दिनजसो फैलने गर्छन्।
कहिलेकाहीँ त मृत्युको अफवाह पनि फैलने गर्छन्।
हालै बलिउड अभिनेत्री काजोलले आफ्नो जीवनमा सामना गर्नुपरेका त्यस्ता अफवाहबारे सेयर गरेकी छन्। एकपटक उनको आमा तनुजालाई काजोल चढेको प्लेन क्र्यास भएको खबर पुर्याइएको थियो।
नयाँ फिल्म ‘दो पत्ती’को प्रचारमा काजोल अहिले व्यस्त छिन्। उनले को-स्टार्स कृति सेनन र शाहीर शेखसँग मिलेर कपिल शर्मा को ‘द ग्रेट इन्डियन कपिल शो’मा आफ्नो अफवाह बारेमा सुनाइन्।
‘एक पटक कसैले मेरी आमालाई फोन गरेर म यात्रा गरिरहेको प्लेन क्र्यास भएको सुनाएछ। यो घटना सामाजिक सञ्जाल युग भन्दा पहिलेको हो। तर मेरी आमाले मेरी आमाले सही सूचनाको प्रतीक्षा गरिरहनुभयो,’ काजोलले सुनाइन्।
केवल प्लेन क्र्यास मात्र होइन, काजोलको मृत्युको पनि अफवाह पनि फैलाइएको छ। उनले यस बारेमा गम्भीर हुँदै भनिन्, ‘हालैमा एक भाइरल भिडियोमा म मरेको खबर फैलाइएको थियो। यो साँच्चै दुखद कुरा हो।’ काजोलका अनुसार ५-१० वर्षमा यस्ता अफवाहहरू बारम्बार फैलिएका छन्।


