काठमाडौँ- फिल्म ‘जेरी अन टप’को शुभमुहूर्त भएको छ। अनन्या फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्म ललितपुर पाटनस्थित बङ्गलामुखी मन्दिरमा सोमबार शुभमुहूर्त गरिएको हो।
फिल्मको प्रमुख कलाकारमा भुवन केसी, विपना थापा, अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, सुरक्षा पन्त, केदार घिमिरे (माग्ने बुढा) निर्मल शर्मा रहेका छन्।
फिल्ममा अनमोलको बुवाको भूमिकामा भुवन केसी देखिनेछन् भने आमाको भूमिकामा विपना थापा रहनेछिन्।
सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्मको निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रविन शेरचन र रामकृष्ण श्रेष्ठले सघाएका छन्।
यसको एसोसिएट निर्माता ओम अग्रवाल र विवेक थापा हुन्।
यो फिल्मको प्रदर्शन अधिकार उपत्यकामा करण क्रेजीको रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले लिएको छ।














