काठमाडौँ- फूलहरूको पर्व तिहार आएसँगै बजारमा प्रतिबन्धित प्लास्टिकका फूलहरूको व्यापार सुरु भएको छ।
नेपाल सरकारले प्लास्टिकका फूल उत्पादन तथा बिक्री वितरणमा रोक लगाए पनि बजारमा यसको व्यापार भने रोकिएको छैन।
प्लास्टिकका फूलका कारण प्राकृतिक फूल ओझेलमा पर्न थालेका छन्।
सरकारले नेपालभरि प्लास्टिकको फूल गुच्छा उत्पादन, आयात र बिक्री वितरणमा रोक लगाएको छ।
काठमाडौँ महानगरपालिकाले बिहीबार सूचना निकाल्दै प्लास्टिकका फूल र माला प्रतिबन्ध गरेको छ। यस्ता फूल प्रयोग गरे कारबाही गर्ने महानगरको चेतावनी छ।
सरकारले २०७९ साउन १ गते देशभरि प्लास्टिकका फूल र गुच्छाको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारणमा पूर्ण रोक लगाएको थियो।









तस्बिर : नेपाल फोटो लाइब्रेरी।
