२०८३ साउन १३ गते बुधबार

तराईमा बढ्यो केराका थामको कारोबार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १५
banana

महोत्तरी- दीपावली मुख्य दिन आज लक्ष्मीपूजाका सरसामान जोहो गर्नेहरूका महोत्तरीसहित मिथिला क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ। यस भेगका बजारमा झिसमिसेदेखि नै केराका थाम किन्ने बेच्नेको बजार लागेको छ।

लक्ष्मीपूूजाका लागि स्वागतद्वार बनाउन थम्बा प्रयोग गर्ने मैथिल परम्पराअनुसार जिल्लाका गाउँ,नगर र बस्तीका चोकचोकमा थम्बा किन्नेबेच्नेको भीड नै लागेको छ। लक्ष्मीपूजामा बनाइने स्वागतद्वारमा केराको थाम नभइ हुँदैन। त्यसैले अरुबेला खेर जाने थामको आज ठूलो महत्व छ।

मिथिला क्षेत्रमा दीपावली र छठ पर्वका अवसरमा स्वागतद्वार बनाउन परम्परागतरुपमा अनिवार्यजस्तै रहँदै आएको केराको थाम लाभदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार जलेश्वर–४ सुगाका कृष्णचन्द्र झा बताउँछन्।

प्रचुर प्रकाश र झिलीमिली भएको घरमा लक्ष्मी त्यही प्रवेशद्वारबाट रङ्गोली कुल्चदै गृहप्रवेश गरेर धनधान्यले पूर्ण गराइदिने विश्वासले यो पर्व परम्परा चलेको मटिहानी–७ स्थित लक्ष्मीनारायण मठका सन्त रवीन्द्र दास वैष्णवले बताए।

खासगरी व्यापारिक प्रतिष्ठानहरुले प्रत्येक पसलपसलमा केराका थामको स्वागतद्वार बनाउने गरेका छन्। यो परम्पराले आज महोत्तरीका जलेश्वर, बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलवा र लोहारपट्टीसहितका नगरका बजार क्षेत्रमा किसानले बिक्रीका लागि केराका थाम पुर्‍याएका छन्। खर्चको अभावमा चाड कसरी मनाउने चिन्ता परेका बेला थाम बिक्रीबाट भएको आर्जनले पर्व टार्न सजिलो भएको गौशाला–११ का धनेश्वर महतोले बताए।

दिवाली पर्वमा एकजोडा केराका थाम रु चार सयसम्म बिक्री हुने गरेका किसानको भनाइ छ। दिवाली र यसलगत्तैको छठ पर्वमा केराका घरी र कोथा दुवै उत्तिकै बिक्री हुने भएकाले यो आफूहरुको आयआर्जन र गुजाराको राम्रो साधन बनेको केराखेतीका किसान बताउँछन्।

केरा बर्सेनि गोडमेल गर्नपर्ने र झ्याङमा बढेका कोथा छ्याँस्नु पर्ने हुँदा किसान यो कामका लागि दिवाली पर्व पर्खन्छन्। अरु बेला कोथा छ्याँसिदा त्यो भकारामा फाल्नुपर्ने हुँदा आफूहरुले यो कामका लागि दिवाली पर्खेने गरेको केराखेतीका अर्का किसान भङ्गाहा–४ रामनगरका हरिदेव साह बताउँछन्। दिपावलीमा सप्रेका कोथा नै बेचेर अतिरिक्त आम्दानी हुने भएको हुँदा यो बेला कुर्ने गरिएको उनको कथन छ।

दिवाली र छठ पर्वसमेतमा जिल्लाभरि केराका घरी र थामसमेत लाखौँको कारोबार हुने गरेको छ। धेरैजसो चाडपर्वमा केरा फल चाहिने र अन्य बेला पनि राम्रो बिक्री हुन थालेपछि बर्सेनि केराखेतीको क्षेत्रफल बढ्दै गएको छ। हाल जिल्लामा तीन हजार हेक्टरमा केराखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रकाशित: २०८१ कार्तिक १५ गते बिहिबार १०:३६
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना