काठमाडौं- अमेरिकामा जारी नेपाल आईसीसी विश्वकप लिग २ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ। अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल २४४ रनमै सीमित भएको हो।
अमेरिकाको डालसमा रहेको ग्राण्ड पेरी क्रिकेट रंगशालामा भएको खेलमा नेपाल ४९.५ ओभरमै अलआउट भएको हो। नेपालका तर्फबाट ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे भने अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए।
अमेरिका लागि तीन खेलाडीले अर्धशतक बनाए । जसमा साइतेजा मुक्कामाले सर्वाधिक ७५ रन बनाए। उनले ८७ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान मोनाक पटेलले ६७ तथा हर्मित सिंहले ५९ रन योगदान गरे। आरोन जोन्सले २६ रन बनाए।







