झिलिमिली, दीपावली र पूजासँगै तिहारको अभिन्न अंगजस्तै बनेको छ पिङ। पर्वका बेला लिङ्गेपिङ धेरै ठाउँमा लगाउने गरिएपनि रोटेपिङ कमै मात्र ठाउँमा देख्न सकिन्छ।
गोरखा जिल्लाको अजिरकोट गाउँपालिका सिरानडाँडामा लगाइएको रोटेपिङ खेल्न टाढाटाढाका स्थानबाट मानिसहरू पुगेका थिए। तिहारमा गाउँघर फर्किएकाहरूले उत्सुकतापूर्वक पिङ खेलेका थिए।
तिहार सकिएपनि रोटेपिङमा रमाउनेहरूको उत्साह जारी छ।








तस्बिर : नेपाल फोटो लाइब्रेरी
