स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ।
युएइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सान्टियागो बर्नाबेउमा रियल एसी मिलानसँग ३-१ गोलले पराजित भएको हो।
रियलको घरेलु मैदानमा भएको सो खेलमा मलिक थियले पहिलो गोल गर्दा १२ औं मिनेटमै रियल पछि परेको थियो।
२३ मिनेटमा पाएको पेनाल्टी अवसरलाई भिनिसियस जुनियरले सदुपयोग गरेपछि खेल बराबरीमा पुगेको थियो।
च्याम्पियन्स लिगको जारी सिजनमा चार खेल खेलेको रियलको यो दोस्रो हार हो। दुई खेलमा भने जित निकालेको रियल ६ अंक जोडेर १७ औं स्थानमा छ। मिलान १८ औं नम्बरमा छ।


