२०८३ कार्तिक १२ गते बुधबार

१२ मा ११ खेल जिताउने प्रशिक्षक मोन्टीको क्रिकेट सूत्र

 |  Untitled
Sanket

Untitled

काठमाडौं, चैत २
monti_deshai

नेपालले टी–२० विश्वकप खेल्दा होस् वा क्यानडालाई हराएर एक दिवसीय मान्यता पाउँदा नै किन नहोस्, नेपाली समर्थकले मैदानमा बसेर प्रत्यक्ष अनुभुति गर्न पाएनन्। तर, बिहीबार त्रिवि क्रिकेट मैदानमा नेपाली दर्शकले त्यो सौभाग्य प्राप्त गरे।

खेलकुदमा समर्थकको खास अर्थ हुन्छ। घरेलु मैदानमा उपस्थित भएर समर्थकले दिने हौसलाको मूल्य सायदै हुन्छ। आफ्नो टिमको जितले दिने उल्लास र खुसियाली समर्थकका लागि बयान गरिसाध्य विषय होइन। यस्तै रोमाञ्चक खेलको साक्षी बिहिबार नेपाली क्रिकेट समर्थक बने। र, नेपाली क्रिकेटले पनि इतिहास रच्यो।

‘यस्तो वातावरण त्रिवि मैदानमा विरलै हुन्छ। ठूलो क्राउडका लागि धन्यवाद,’ नेपाली टिमका कप्तान रोहित पौडेलले खेलपछि भने, ‘’वार्मअप’देखि नै समर्थक आउनु भएको थियो, जसले गर्दा हामीमा ‘इनर्जी’ भरियो। सन् २०१५ ताका म पनि त्यसरी नै समर्थन गर्न पुग्थेँ।’

१५ हजारभन्दा धेरै संख्यामा उपस्थित समर्थक प्याराफिटमा अटाउन सकेनन्। तर, उनीहरुको खेल हेर्ने र आफ्नो टोलीको हौसला बढाउने इच्छालाई प्याराफिटको स्पेसले रोक्न सकेन। त्यसैले त समर्थकले पर्खालबाहिर बसेर, घरको छत बसेर होस् या रुखमा चढेर नै किन नहोस्, खेलको मज्जा लिए।

युएईका ब्याटरसामू कसरी नेपाली स्टार बलर फेल भए भन्ने पनि उनीहरुले देखे। विपक्षीले अहिलेसम्मकै ठूलो लक्ष्य दिएको दृश्य पनि हेरे। पहिलो ७ ओभरमै नेपालको तीन विकेट गुमेको र सय रन नपुग्दै नेपालले चौथो विकेट गुमाएको दृश्य पनि हेरे। तर, विचलित भएनन्। कठिन परिस्थितिबाट गुज्रिएको स्वदेशी टोलीको हौसला बढाइरहे।

खेल सकिनुपूर्व नै मैदानमा प्रशस्त प्रकाशको कमी भएपछि अम्पायरको टोलीले खेल सकिएको जनाउ दिए। ४४ ओभरमा खेल चलिरहँदा नेपाली टिम डकवर्थ लेविस मेथोड पूरा गर्नुपर्ने लक्ष्य हेरेर अघि बढिरहेको थियो। अन्ततः नेपालले डिएल मेथडबाट ९ रनको जित निकाल्यो।

जब मुख्य प्रशिक्षकको रुपमा नेपाली टिमको कमाण्ड मोन्टी देशाईले लिए, नेपालले अविश्वासनीय खेल पस्किरहेको छ। आजको खेलमा पनि मोन्टीले सन्देश पठाइरहेका थिए। ‘जब पानी पर्न थाल्यो। उतिबेला डिएलमा हामी पछि थियौं। सरले डिएल हेरेर खेलौँ भन्नु भएको थियो,’ कप्तान पौडेलले भने, ‘हामीले त्यो मेसेज नै डगआउटबाट क्रिजमा पुर्याइरहेका थियौँ।’

नेपाली टोली कठिन मोडमा रहेको अवस्थामा ४२औं ओभरमा गुल्सन झाले चमत्कार गरिदिए। उनले त्यो ओभरमा २० रन जोडेका थिए। डिएलका लागि यो नै महत्वपूर्ण ओभर बन्यो। खेल डिएल मेडथमा जाने अवस्थामा दुवै टिमलाई गाह्रो हुन्छ। त्यसमाथि आज युएईले बलियो खेल पस्किरहेको थियो।

उसका बलर विकेट लिनका लागि तयार भएर आएका थिए। खेलपछि प्रशिक्षक मोन्टीको भनाइले त्यही कुराको पुष्टि गर्छ। ‘आज युएई बलियो देखियो। उसले हामीलाई कर्नरमा पुर्यायो। तर रोहितले भनेका थिए, हामीले यस्तै रन घरेलु प्रतियोगितामा पनि चेज गरेको हो,’ मोन्टीले भने, ‘यद्यपि आज हामी नजानेको बाटोमा हिँडिरहेका थियौँ। ३११ भनेको ठूलो स्कोर हो। लक्ष्य भेट्टाउन हामीसँग कुशल खेलाडी छन् भन्ने विश्वास चाहिँ थियो।’

दोस्रो पारीमा नेपालले सहज सुरुआत गर्न सकेन। राहितले त आजको खेललाई फाइनल खेलको संज्ञा नै दिए। यही मैदानमै केही दिनअघि शतक प्रहार गरेका आसिफ शेख दोस्रो बलमै आउट भए। युएईका बलर आयानले उनलाई आउट गराएका थिए। त्यसरी नै कुशल मल्ल र रोहित पौडेल आउट हुँदा ६ ओभर ५ बल मात्र भएको थियो। सात ओभरभित्रै नेपालले तीन विकेट गुमाइसकेको थियो। आयान खानले रोहितलाई मोहम्मद वासिमको हातबाट क्याचआउट गराएका थिए भने कुशल मल्ललाई आर्यन लाक्राले क्यचआउट गराए।

नेपालका भीम सार्कीले कुशल मल्लसँग मिलेर केही लामो पारी खेलेपनि कुशल आउट हुँदा नेपालको खातामा ९८ रन मात्र जोडिएको थियो। ३५ बलमै ५० रन पूरा गरेका कुशल जुनैद सिद्दिकीको बलको सिकार भएका थिए। यता जुनैदकै हातबाट आउट भएका भीमले भने ६७ रन बनाएका थिए।

खेलमा अर्धशतक पूरा गर्ने तेस्रो खेलाडी बने आरिफ शेख। तर उनलाई जुहुर खानले अरविन्दको हातबाट क्याचआउट गराए। यससँगै अन्तिममा मैदानमा थिए, गुल्सन झा र दिपेन्द्र सिंह ऐरी। गुल्सनले ४८ बलमा अर्धशतक पूरा गरेपछि नेपाल ४४ ओभरमा २६९ रन जोड्ने स्थितिमा पुगेको हो। त्यतिबेलै मैदानमा भिजिबिलिटी कम भएपछि अम्पायरले डिएल मेथडका आधारमा नेपाललाई विजेता घोषणा गरेका हुन्। यो जितसँगै नेपाल लिग-२ को तेस्रो स्थानमा उक्लियो र एकदिवशीय विश्वकपको ग्लोबल छनोट खेल्ने बाटो खोल्यो।

अम्पायरले खेल सकिएको घोषणा गर्दा नेपाल ६ विकेट गुमाएर २६९ रन बनाएर खेलिरहेको थियो। त्यो बेलासम्म नेपालले पूरा गर्नुपर्ने लक्ष्य २६७ थियो। त्यसैले नेपालले जित निकालेको हो।

मोन्टी प्रशिक्षक बनेपछि नेपालले १२ खेलमा ११ खेल जितेको छ। लगातार हारबाट गुज्रिरहेको नेपाली टिममा उनले त्यस्तो के जादूको छडी चलाए, जसले नेपाली टिमको लय केही सातामै फेरियो। के उनले वास्तवमै नेपाली टिमसँगै चमत्कार गरिरहेका छन् त? उनको जवाफ छ, ‘मैले केही चमत्कार गरेका छैन। मात्रै आफ्नो भूमिका इमानदारीपूर्वक निभाएको हुँ। हरेक समय खेलमा खेलाडीको गज्जबको रोल छ त्यससँगै मेहेनेत र अनुशासन पनि छ। त्यसैले होला हामी बलियो र झन् बलियो बन्दै गएको।’

खेल रणनीतिको पर्याप्त जानकारीले पनि टोलीले लय पक्रिएको उनको तर्क छ। ‘यो सबै खेल ट्याक्टिसको जानकारीले सम्भव भएको हो। मैले अनुभव गरेको छु– युएईले आज ए लेभलको खेल खेल्यो। उनीहरु स्मार्ट थिए।’

आजको खेलमा रोहित सुरुमै पेवेलियन फर्किएका थिए। तर उनले आत्मविश्वास गुमाएका थिएनन्। ‘जस्तो भए पनि डगआउटमा जित निकाल्ने विश्वास थियो। त्यो विश्वासले अघि बढेको हो। हामीले पहिलो पटक ३०० प्लसको लक्ष्य पाएका थियौं। हामीले डेथ ओभरमा राम्रो बलिङ गर्न नसकेर त्यस्तो भयो,’ उनले भने, ‘तर यो मैदान सानो र विकेट राम्रो छ। त्यसैले हामीले मजाले खेल्यौँ।’ खेलपछि रोहितले भनेका छन्।

यो जितसँगै लिग-२ मा ४० अंक बनाएको नेपाल ग्लोबल क्वालिफायरमा पुगेको छ। अहिलेकै अवस्था अनुसार नेपालले अब ग्लोबल क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलंका, आयरल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्ससँग खेल्नेछ। यी टिम भनेको विश्वकप सुपर लिगको पुछारका हुन्। त्यसअघिका आठ टिमले भने सिधै विश्वकपमा स्थान बनाउने छन्। छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा जिम्बावेमा हुनेछ। उक्त छनोटबाट दुई टिम विश्वकपका लागि छानिनेछन्।

यति धेरै संख्यामा हामीलाई हौसला दिन आउनु भएकोमा धन्यवाद। म तपाईंलाई भन्न चहान्छु–यो टिमले प्रगति गर्नेछ। यो टिमले सिकाई निरन्तर राखिरहने छ। कुनै दिन तपाईंले चाहेको रिजल्ट निकाल्न सकिएन भने पनि हामीलाई समर्थन गर्नुहोला। मैले उनीहरुले गरेको अथक मेहेनेत देखेको छु।

आगामी यात्रालाई नेपाली टिमले कसरी लिएको छ त? ‘केही अघिसम्म त वान डे मान्यता जोगाउन नै धौधौ थियो। तर हामीले लगातार जित्यौँ। सबैले शीर्ष तीनमा पुग्ने लक्ष्य राखेका थियौैं,’ कप्तान पौडेलले भने, ‘तर मोन्टी सर आएपछि मात्र यो सम्भव भयो। यो मेरो मात्र होइन, सबैको उपलब्धि हो। यो सफलतामा टिकेर कहाँसम्म पुगिन्छ, भन्न सकिँदैन, तर राम्रो गर्दै जानेछौं।’

खेलपछि प्रशिक्षक मोन्टीलाई सोधियो– तपाईंको जितको फर्मुला के हो? सिद्धान्त के हो? उनले जवाफमा आफूसँग त्यस्तो केही नभएको बताए। ‘हामीले तथ्यांकमा धेरै विश्वास गर्नुपर्ने हुन्छ। हामीले डे वानदेखि नै धेरै अभ्यास गरेको हो। हरेक दिन हामी एक्साइटेड भइरहेका छौं,’ उनले भने, ‘हामी हरेक दिन एक प्रतिशत राम्रो गरिरहेका छौं। हाम्रा लागि यी सबै अवसर हुन्। ड्रेसिङ रुममा हामी शान्त छौं। टिमको सानो मानिसले पनि आफ्नो भूमिका मज्जाले खेलिरहेको छ। नयाँ खेलाडीले पनि स्टेपअप गरेका छन्। बाउन्ड्रीमा हेरेर खेलेका छन्। सिंडल डबल गरेका छन्।’

उनले आफूसँग ‘विनिङ फमूला’ नरहेको जिकिर गरे। ‘मसँग विनिङ फर्मुला छैन, सिद्धान्त पनि छैन। तर, च्याम्पियन टिमको भावना कस्तो हुन्छ, त्यो कस्तो देखिन्छ भनेर हामी सबै बसेर छलफल भने गर्छौं। त्यसमा व्यवस्थापन र खेलाडीले कसरी अपरेट गरिरहेको हुन्छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हो।’

प्रशिक्षक मोन्टीले आफ्नो टिमका व्यवस्थापकले विगतमा के भयो भन्ने भुलेर भविष्यमा के आउँछ भन्ने सोचेर अघि बढेको बताए। अहिले टिममा नपरेका खेलाडीले पनि टिमसँगै मिलेर उत्सव मनाइसकेका छन्। मोन्टीले गरेको एकमात्र काम भनेको टिमका सबै खेलाडीलाई मिलाएर लैजान सकेका छन्। ‘हामीसँगै अभ्यास गरिरहेका हुन्छौं। हामीले त परिवार निर्माण गरिरहेको हो नि!,’ उनले भने।

उनले आईसीसीको फुल मेम्बर टिमले पनि नेपालजस्तो टिमसँग दुईपक्षीय सिरिज खेल्नुपर्ने विचार राखे। ‘अब हामी विश्वकप छनोट खेल्नेछौं। त्यसअघि केही छिमेकी फुल मेम्बर टिमले नेपाललाई हेर्नुपर्छ र खेल्नुपर्छ भन्ने लागेको छ। यदि त्यसो भयो भने टोलीले अझ राम्रो प्रदर्शन गर्न सक्छ,’ उनले भने, ‘नेपालका छिमेकी देश, जसले धेरै प्रगति गरेका छन्। ती टिमलले नेपाली टिमलाई नजिकबाट हेर्नुपर्छ।’

समर्थकलाई मोन्टीको यस्तो सन्देश:

यति धेरै संख्यामा हामीलाई हौसला दिन आउनु भएकोमा धन्यवाद। म तपाईंलाई भन्न चहान्छु– यो टिमले प्रगति गर्नेछ। यो टिमले सिकाई निरन्तर राखिरहने छ। कुनै दिन तपाईंले चाहेको रिजल्ट निकाल्न सकिएन भने पनि हामीलाई समर्थन गर्नुहोला। मैले उनीहरुले गरेको अथक मेहनत देखेको छु।

प्रकाशित: २०७९ चैत २ गते बिहिबार ०९:५४
प्रतिक्रिया

थप समाचार

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना