काठमाडौँ– यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा उडान सुरु गर्ने भएको छ।
भैरहवा–पोखराको उडान समय ११:०५ बजे र पोखरा–भैरहवाको उडान समय ११:४५ बजे तोकिएको छ।
यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा पुर्याउने उद्देश्यले भैरहवा–पोखरा उडान सुरु गरिएको एयरलाइन्सले जानकारी दिएको छ।
यो रुटमा यसअघि बुद्ध एयरले नियमित उडान गर्दै आएको छ।


