काठमाडौँ- कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी)का दिन (आज) पशुपतिनाथ (शिव स्वरूप)काे मन्दिरमा भक्तजनहरूले ताेरण टाँगेका छन्।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो एकादशीमा ब्युँझने धार्मिक विश्वास छ।
विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो।
पशुपतिमा बागमती नदी वारपार तोरण टाँगिएको छ।
विष्णु जागेको दिन पर्ने यो एकादशीमा भगवानको पूजाआराधना गरी व्रत बस्ने चलन छ।
तोरण लगाउँदा दुःख–कष्टबाट मुक्ति मिल्ने विश्वास छ।
आत्मिक शुद्धताका लागि पनि तोरण टाँग्नुपर्ने विश्वास हिन्दू धर्ममा छ।
चतुर्मास (आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमा)सम्म घरघरमा तुलसी विशेष पूजा आराधना गरिन्छ।
आषाढ शुक्ल एकादशीमा रोपिएकि तुलसीको विवाह आजकै दिन दामोदर (विष्णुको स्वरूप)सँग गरिदिने परम्परा छ।















्


