२०८३ कार्तिक १३ गते बिहिबार

प्रथम झापा १ काठमाडौं कप फुटसलको उपाधि मेचीनगरलाई, मैत्रीपूर्ण खेलमा विश्वप्रकाशको दुई गोल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १
Photo (1) (2)

प्रथम झापा १ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि साबिक मेचीनगरले जितेको छ ।नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति,काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा भएको प्रतियोगिताको फाइनलमा धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो ।

निक्कै रोमाञ्चक बनेको खेलमा धाइजनका देवासिस प्रसाईँले ह्याट्रिक गरे पनि उपाधि दिलाउन सकेनन् । प्रथम कार्कीले मेचीनगरलाई सुरुआती अग्रता दिलाएका थिए । तर, देवासिसले धाइजनलाई खेलमा फर्काए । त्यसपछि रोहन कार्कीले लगातार दुई गोल गर्दै अग्रता ३–१ मा पु¥याए । तर, देवासिसले अर्को गोल गर्दै धाइजनलाई ३–२ को स्थितिमा ल्याए । लगत्तै प्रथमले अर्को गोल गर्दै मेचीनगरलाई ४–२ को अग्रता दिलाए ।खेलको अन्त्यतिर देवासिसले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे । तर, उक्त ह्याट्रिकले धाइजन खेलमा फर्किन सकेन । यद्यपि, उनी नै खेलको प्लेयर अफ द म्याच चुनिए ।

प्रतियोगितामा मेचीनगर र धाइजनसँगै शान्तिनगर, दुवागढी, बाहुनडाँगी, चन्द्रगढी र ज्यामिरगढीले सहभागिता जनाएका थिए । मेचीनगरले पहिलो सेमिफाइनलमा बाहुनडाँगीलाई ५–१ ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो । यस्तै, धाइजनले भने दोस्रो सेमिफाइनलमा ज्यामिरेगढीलाई ३–० ले पाखा लगायो । ज्यामिरेगढीले ‘बाइ’ पाउँदै सिधैं अन्तिम चारमा स्थान बनाएको थियो । तर, उक्त मौकालाई ज्यामिरेगढीले सदुपयोग गर्न सकेन र यहीबाट आफ्नो यात्रा समाप्त ग¥यो ।

उपाधिसँगै विजेता मेचीनगरले २१ हजार रुपैयाँ प्राप्त ग¥यो । यस्तै, उपविजेता धाइजनले ११ हजार रुपैयाँमा चित्त बुझायो । उपाधिसँगै मेचीनगरले व्यक्तिगत पुरस्कारमा पनि कब्जा जमायो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर मेचीनगरका जयश खनाल घोषित भए । प्लेयर अफ द टुर्नामेन्ट रोहन बूढाथोकी र सर्वाधिक गोलकर्ता अंकित दुलाल रहे । उनीहरू दुवै मेचीनगरका हुन् । मेचीनगरलाई फाइनलमा पु¥याउन अंकितले सर्वाधिक आठ गोल गरेका थिए ।

नेपाली कांग्रेसका महमन्त्री विश्वप्रकाश शर्माले निर्णायक समितिमा रहेका नेपाली टोलीका पूर्वप्रशिक्षक तथा पूर्वकप्तान हरि खड्का र अमनप्रताप अधिकारीलगायतले बनाएको उत्कृष्ट खेलाडीको सूचीबाट एक टोली बनाउने जानकारी दिए ।‘निर्णायक समितिबाट एक लिस्ट पाएको छु । त्यो लिस्टबाट झापा १ को एक टिम बनाउने छौं । त्यो टोलीले नेपालभर हुने प्रतियोगितामा झापा १ को प्रतिनिधित्व गर्नेछ,’ उनले भने ।

मैत्रीपूर्ण खेलतर्फ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दुई गोलसँगै राजनीतिक दल विजयी भएको छ । राजनीति दलले कलाकारको टोलीलाई ६–१ ले पराजित गरेको हो । शर्माले पहिलो हाफमै दुई गोल गरेका थिए । यस्तै, भास्कर काफ्ले पनि पहिलो हाफमा दुई गोल गर्दा राजनीतिक दलले ४–० को फराकिलो अग्रता लिएको थियो । दोस्रो हाफमा भने तीन गोल भयो । राजनीतिक दलका बालकुमार केसी र रञ्जित तामाङले समान एकरएक गोल थपे । यस्तै, कलाकारबाट बालकृष्ण निरौलाले गरेको गोल सान्त्वना रह्यो ।

राजनीतिक दलबाट शर्मा, काफ्ले, केसी र तामाङसँगै एलपी सावाँ, सेरोम कार्की र किशोर मगर मैदान उत्रिएका थिए । यस्तै, कलकारबाट प्रमोद प्रसाईँ, भानुभक्त ढकाल, टिका भण्डारी, सरोज वली, प्रशान्त सिवाकोटी, योगेन्द्र उपाध्याय, अशोक शर्मा, समीर खरेल र अमीर शेखले राजनीतिक दललाई चुनौती दिएका थिए ।अन्य मैत्रीपूर्ण खेलमा महिला ‘ख’ ले महिला ‘क’ लाई १–० ले पराजित ग¥यो । महिला ‘ख का लागि युनिशा प्रसाईँले गरेको गोल नै निर्णायक बन्यो । अर्को खेलमा पेसा व्यवसायीले कर्मचारीमाथि ६–२ को सानदार जित हात पा¥यो । प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए । उनले यस किसिमका प्रतियोगिताले समाजमा लुकेका प्रतिभालाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । राजनीतिक दलबाट यस्ता गतिविधी हुन सराहनीय भएको उल्लेख गरे ।

सोही अवसरमा कांग्रेस राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौलाले राजनीति दलहरूले यस्तो प्रतियोगिता गर्नु सिर्जनात्मक भएको बताए । विजेता र उपविजेता टोलीसँगै व्यक्तिगत पुरस्कार जित्ने खेलाडी र प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई महामन्त्री शर्माले पुरस्कार वितरण गरेका थिए । उद्घाटन समारोहमा झापा जिल्लाका कांग्रेस, एमाले, राप्रपा, माओवादीसहित राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित: २०८१ मङ्सिर १ गते शनिवार ०६:२१
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना