काठमाडौँ- मंसिर १५ देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि तयारी धमाधम अगाडि बढेको छ।
नेपाल क्रिकेट संघले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिता हेर्न पुग्ने दर्शक बस्ने ठाउँलाई व्यवस्थित बनाउने काम भइरहेको छ।
यस्तै पहिलोपटक भीआईपी दर्शकका लागि पनि बसेर हेर्न मिल्ने प्रबन्ध पनि मिलाइँदै छ।
क्यानले पिच पुनर्निमार्णदेखि साइड स्क्रिनलाई व्यवस्थित गर्ने र डिजिटल स्कोर्डबोर्ड राख्नेसम्मका कामहरू गरेको छ।
सोमबार लिगको खेल तालिका सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्नेछन्।















तस्बिर : नेपाल फोटो लाइब्रेरी
