काठमाडौँ– प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई वीर अस्पताल लगिएको छ।
मंगलबार भक्तपुरस्थित उनकै निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर पुर्याएको हो।
प्रसाईंले कीर्ति कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएको प्रहरीको आरोप छ।







