कराँची- आइतबार कराँचीमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ। पाकिस्तानमा आधारित एआरवाई न्युजका अनुसार मेमन गोठ, सुरजनी टाउन, डिफेन्स र म्युनिसिपल टाउनमा गोली हानाहान भएको थियो।
गुलसन–ए–सुरजानीस्थित पेट्रोल पम्प नजिकै अज्ञात व्यक्तिले कारमा गोली चलाउँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाबर र नसिम रहेका छन्।
यसबाहेक, मलिर साउदाबादमा आयोजित विवाह समारोहमा एक व्यक्तिको गोली हानी हत्या गरिएको थियो। हत्या गरिएका व्यक्ति मोहम्मद अर्सलान रहेको बताइएको छ।
यसैबीच कराँचीमा दुर्घटनावश गोली लागेर एक महिलाको मृत्यु भएको छ। घटना डिफेन्स फेज ६ खयाबान–ए–हलालमा भएको उल्लेख गरिएको छ। गोली लागेकी महिला सफिया साफिया रहेको बुझिएको छ।
बलदियाको गुलसन–ए–गाजी नजिकैको बिस्मिल्लाह चोकमा गोली लागेर अर्की एक महिलाको मृत्यु भएको छ। मृतक नोरिन रहेकी छिन्। प्रहरीले यी विभिन्न घटनामा अनुसन्धान थालेको छ।


