इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले टोटनहमसँग लज्जाजनक हार बेहोरेको छ।
टोटनहमले म्यान्चेस्टर सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
पहिलो हाफमै म्याडिसनले दुई गेल गरे। दोस्रो हाफमा पेड्रो पेरोले टोटनहमका लागि तेस्रो गोल थपे। त्यसपछि ब्रेनन जोन्सनले इन्ज्युरी समयमा चौथो गोल गरे।
शनिबारै भएको अर्को खेलमा चेल्सीले लेस्टर सिटीलाई २-१, आर्सनलले नटिङघम फरेस्टलाई ३-०, ब्राइटनले बर्नमाउथलाई २-१ र उल्भ्सले फुलहमलाई ४-१ गोल अन्तरले पराजित गरेको छ।


