काठमाडौं –मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) का खेल हेर्न आउने दर्शकका लागि टिकट दर तोकिएको छ।
नेपाल क्रिकेट संघ क्यानले सोमबार टिकटदर सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिकाअनुसार उद्घाटन दिनको खेलमा सामान्यका लागि ३ सय र भिआइपीका लागि ७ सय तोकिएको छ।लिग खेलका लागि सामान्यतर्फ ३ सय र भिआइपीका लागि ५ सय रुपैयाँ तोकिएको छ ।
प्लेअफका खेल हुने दिन सामान्यतर्फ ५ सय र भिआइपी तर्फका लागि ५ सय र फाइलनका लागि सामान्यतर्फ ५ सय र भिआइपीतर्फ एक हजार टिकट दर तोकिएको छ ।
सिजनल पासका लागि सामान्यतर्फ ४ हजार ४८० र भिआइपीतर्फका लागि ८ हजार २४० रुपैयाँ तोकिएको छ।खल्ती एफमार्फत टिकट खरिद गर्न सकिने क्यानले जनाएको छ ।


