२०८३ कार्तिक १३ गते बिहिबार

एनपीएल नेपालका लागि ठूलो ‘ब्लेसिङ’ हो : शिखर धवन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १४
shikhar dhawan (2)

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन्।

कर्णाली याक्समा आबद्ध भएका धवन शुक्रबार साँझ नेपाल आइपुगेका हुन्।

उनलाई स्वागत गर्न कर्णालीका अफिसियलहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

शिखरले कर्णालीबाट कम्तीमा ४ खेल खेल्ने छन्।

उनले एक खेलको ३० हजार डलर पाउने छन्।

शिखर एनपीएलमा अनुबन्ध हुने सबैभन्दा महँगा खेलाडी हुन्।

‘मैले हालै रिटायरमेन्ट लिएँ। नेपालमा नागरिकसँग हाम्रो पुरानो सम्बन्ध हो। मौका मिल्नासाथ यहाँ खेल्न आएको हुँ,’ विमानस्थलमा स्वागत ग्रहण गरेपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने।

एनपीएल नेपालको क्रिकेटका लागि ठूलो ‘ब्लेसिङ’ भएको उनको भनाइ थियो। नेपालमा क्रिकेटका समर्थकको पनि उनले प्रशंशा गरेका थिए। एनपीएल खेलका टिकट सोल्डआउट भएको प्रसंग पनि उल्लेख गरेका थिए।

उनले विराटनगर किंङ्सका मार्की खेलाडी सन्दीप लामिछानेलाई पनि आफ्नो स्नेह गरेको बताएका थिए। सन्दीपले धवनलाई नेपालमा स्वागत भनेर म्यासेज गरेका थिए।

३८ वर्षीय बायाँहाते ओपनर धवनले आईपीएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पन्जाब किंग्सबाट खेलिसकेका छन्।

उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए। भारतलाई एसीसी एसिया कपको उपाधि जिताएका छन्। एनपीएल खेल्ने सबैभन्दा ठूलो र चर्चित नाम उनकै बनेको छ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ। कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग खेल्नेछ।

प्रकाशित: २०८१ मङ्सिर १४ गते शुक्रबार ०७:३०
प्रतिक्रिया

थप समाचार

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना