काठमाडौँ- उपनिर्वाचनअन्तगर्तको मतदानका लागि निर्धारण गरिएको समय सकिएको छ।
निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो।
मतदानमा करिब ६२ प्रतिशत मत खसेको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।
‘मतदान शान्तिपूर्णरूपमा सम्पन्न भएको छ। अहिलेसम्म करिब ६२ प्रतिशत मत खसेको विवरण आएको छ। सबै विवरण रुजु गर्न बाँकी छ,’ उनले भनिन्।
उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन्।
आइतबार नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र ३३ वडाध्यक्ष गरी ४१ पदमा उपनिर्वाचन भएको हो। उपनिर्वाचनका लागि खाली भएका तीन पदका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।
अधिकांश वडाहरूको मतपरिणाम आज राति १२ बजे नै आइसक्ने गरी गणना गरिने आयोगले जनाएको छ।
एकमात्रै मतदान केन्द्र रहेका वडाको मतपेटिका अन्यत्र नलगी गणना हुनेछ।

काठमाडौँ, १६ मङ्सिर :
मतदानका लागि लामबद्ध मतदाता
काठमाडौँ महानगरपालिका वडा नं १६ मा रिक्त पदका लागि भएको उपनिर्वाचनमा आइतबार बिहान बालाजुस्थित तरुण मावि मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौँ, १६ मङ्सिर :
मतदान गर्दै मतदाता
काठमाडौँ महानगरपालिका वडा नं १६ मा रिक्त पदका लागि भएको उपनिर्वाचनमा आइतबार बिहान बालाजुस्थित तरुण मावि मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्बिर : हरिराम भेटुवाल/रासस

नौगाड(दार्चुला), १६ मङ्सिर :
मतदान गर्दै मतदाता
दार्चुलाको दुहुँ गाउँपालिका-५ स्थित दुर्गा आधारभूत विद्यालय धारी मतदान केन्द्रमा वडा अध्यक्ष पदको लागि आइतबार भएको उपनिर्वाचनमा मतदान गर्दै मतदाता । तस्बिर : नरेन्द्रसिंह कार्की/रासस

लामबद्ध मतदाता
सिमकोट(हुम्ला), १६ मङ्सिर :
हुम्लाको सर्केगाड गाउँपालिकामा रिक्त पदका लागि भएको उपनिर्वाचनमा आइतबार बिहान पालिका केन्द्रमा रहेको हिमज्योती माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता। तस्बिर : दाने बोहरा/रासस

लामबद्ध मतदाता
सिमकोट(हुम्ला), १६ मङ्सिर :
हुम्लाको सर्केगाड गाउँपालिकामा रिक्त पदका लागि भएको उपनिर्वाचनमा आइतबार सर्केगाड गाउँपालिका–३ स्थित देवकोटा आधारभूत विद्यालयमाको मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता। तस्बिर : दाने बोहरा/रासस

मतदान गर्दै मतदाता
सिमकोट(हुम्ला), १६ मङ्सिर :
हुम्लाको सर्केगाड गाउँपालिकामा रिक्त पदका लागि भएको उपनिर्वाचनमा आइतबार पालिका केन्द्रमा रहेको हिमज्योती माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै मतदाता। तस्बिर : दाने बोहरा/रासस

महोत्तरी, १६ मङ्सिर :
लामबद्ध मतदाता
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा वडा अध्यक्ष पदका लागि आज भइरहेको उपनिर्वाचनमा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुर मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता। तस्बिर : अजयकुमार साह/रासस

लामबद्ध मतदाता
महोत्तरी, १६ मङ्सिर :
महोत्तरीको रामगोपालपुर नगरपालिकामा रिक्त पदका लागि आज भइरहेको उपनिर्वाचनमा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुर मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता। तस्बिर : अजयकुमार साह/रासस

मतदान गर्दै
गुल्मी, १६ मङ्सिर :
गुल्मीको मुसिकोट नगरपालिकामा रिक्त पदका लागि आज भइरहेको उपनिर्वाचनमा नेपाल राष्ट्रिय सर्वोदय मावि केन्द्रमा मतदान गर्दै ८६ वर्षीय ज्येष्ठ नागरिक तिलबहादुर बस्नेत । तस्बिर : जनार्दन घिमिरे/रासस

मतदान गर्दै
कञ्चनपुर, १६ मङ्सिर :
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा वडा अध्यक्ष पदका लागि आज भइरहेको उपनिर्वाचनका लागि शान्ति निकेतन माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि आज भइरहेको उपनिर्वाचनमा साविकको जुकोट गाविस भवन, वडा नम्बर ३ को मतदान केन्द्रमा मतदान गर्न लाइनमा बसेका मतदाता । तस्बिरः प्रेम रौले÷रासस

मतदान गर्न लैजाँदै
गुल्मी, १६ मङ्सिरः गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्ष पदका लागि आइतबार सुरू भएको उपनिर्वाचनमा मतदानका लागि लैजाँदै आफन्त । तस्बिरः जनार्दन घिमिरे÷रासस

रोल्पामा मतदाताको लामबद्ध
रोल्पा, १६ मङ्सिरः रोल्पाको रुण्टिगढी गाउँपालिका–४ नम्बर वडाको वडाध्यक्ष पदका लागि हुन लागेको स्थानीय तह उपनिर्वाचनमा सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदाताको लामबद्ध । तस्बिरः कुलदीप न्यौपाने÷रासस

गुल्मी, १६ मङ्सिरः गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनमा मतदान गर्दै महिला । तस्बिरः जनार्दन घिमिरे÷रासस

मतदान केन्द्रमा मतदान गरिँदै
सुनसरी, १६ मङ्सिरः सुनसरीको गढी गाउँपालिका–६ को जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आइतबार मतदान गर्दै मतदाता । गढी–६ मा २४७४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा १२ जना उम्मेदवार मैदानमा छन् । तस्बिरः नवीन गड्तौला÷रासस

मतदान केन्द्रमा मतदान गरिँदै
सुनसरी, १६ मङ्सिरः सुनसरीको गढी गाउँपालिका–६ को जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आइतबार मतदान गर्दै मतदाता । गढी–६ मा २४७४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा १२ जना उम्मेदवार मैदानमा छन् । तस्बिरः नवीन गड्तौला÷रासस

लामबद्ध मतदाता
सुर्खेत १६ मङ्सिरः दैलेखको महावु गाउँपालिका–१ खरिगैरा केन्द्रमा आइतबार गाउँपालिकामा रिक्त रहेको वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा मतदान गर्न लामबद्ध मतदाता । तस्बिरः सुरेश आचार्य÷रासस

मनहरी, १६ मङ्सिरः स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा–१२ को एक वडाध्यक्ष पदका लागि विष्णु ज्योति आधारभूत विद्यालयमा मतदान गरेर फर्किंदै १०२ वर्षीय गोविन्द लामिछाने । तस्बिरः मणिराज गौतम÷रासस

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा वडाध्यक्ष पदका लागि मतदान गर्न कविलासा मतदान केन्द्रमा लामबद्ध मतदाता ।तस्बिरः प्रवेशकुमार मिश्र÷रासस

मतदान गर्न लामबद्ध मतदाता
जाजरकोट, १६ मङ्सिरः नलगाड नगरपालिकामा उपप्रमुखका लागि भइरहेको उपनिर्वाचनमा आइतबार नलगाड नगरपालिका–१ अनाहपानी मतदान केन्द्रमा मतदान गर्न लामबद्ध मतदाता । तस्बिरः हेमन्त केसी ÷ रासस

मतदान गर्न लामबद्ध मतदाता
महेन्द्रनगर (धनुषा), १६ मङ्सिरः वडाध्यक्ष पदका लागि रिक्त रहेको उपनिर्वाचनमा धनुषाको एकमात्र धनुषाधाम नगरपालिका–१ मा मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाताहरु।तस्बिरः निरञ्जनकुमार साह÷रासस

मतदान गर्दै उम्मेवार तिवारी
मनहरी, १६ मङ्सिरः स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा–१२ को एक वडाध्यक्ष पदका लागि विष्णु ज्योति आधारभूत विद्यालयमा मतदान गर्दै काँग्रेस उम्मेदवार अर्जुनप्रसाद तिवारी । तस्बिरः मणिराज गौतम÷रासस

मतदान गर्नका लागि स्थानियबासी
चरिकोट,१६ मङ्सिरः स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्षका लागि मतदान गर्नका लागि स्थानियबासी । तस्बिरः गाकर्णप्रसाद भण्डारी÷रासस

मतदान गर्नका लागि स्थानियबासी
चरिकोट,१६ मङ्सिरः स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्षका लागि मतदान गर्नका लागि स्थानियबासी । तस्बिरः गाकर्णप्रसाद भण्डारी÷रासस

मतदान केन्द्रमा मतदाता
सप्तरी, १६ मङ्सिरः सप्तरीको डाक्नेश्वरी वडा–१ र ४ को जनता माध्यमिक विद्यालय मधुबनी र श्री राष्ट्रिय प्राथमिक विद्यालय भुतही मतदान केन्द्रमा आइतबार मतदान गर्न पालो कर्दै । वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा १६ जना उम्मेदवार मैदानमा छन् । तस्बिरः उमेश कुमार साह÷रासस

मतदान गर्न जाँदै किरीयापुत्री
गुल्मी, १६ मङ्सिरः गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनमा मतदानका लागि मतदान स्थलमा जॅादै किरीयापुत्री तीर्थबहादुर विश्वकर्मा । तस्बिरः जनार्दन घिमिरे÷रासस

मतदान गर्न जादा बेहोस
जलेश्वर, १६ मङ्सिरः महोत्तरी जिल्लाको रामगोपालपुर–२ मा भइरहेको वडाध्यक्षको उपनिर्वाचनमा जारी मतदान गर्न जाँदा ९० वर्षीया मतदाता मनरवती देवी बेहोश भएको अवस्था । तस्बिरः सञ्जीतकुमार मण्डल÷रासस

कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखको लागि आइतबार भएको मतदानमा वडा नं ५ को मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्बिरः रत्न श्रेष्ठ/रासस

कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखको लागि आइतबार भएको मतदानमा वडा नं ७बmउस को मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्बिर ः रत्न ७नतसेष्ठ÷रासस

कीर्तिपुर, १६ मङ्सिरः कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखको लागि आइतबार भएको मतदानका क्रममा मतदातासँग नेकपा (माओवादी) केन्द्रका नगरपालिका प्रमुख पदका उम्मेदवार प्राडा शिवशरण महर्जन । तस्बिरः रत्न श्रेष्ठ÷रासस

कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखको लागि आइतबार भएको मतदानमा वडा नं ५ को मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्बिरः रत्न श्रेष्ठ/रासस

उम्मेदवार प्राडा महर्जन मतदान केन्द्रको निरीक्षण
कीर्तिपुर, १६ मङ्सिरः कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखको लागि आइतबार भएको मतदानका क्रममा मतदातासँग नेकपा (माओवादी) केन्द्रका नगरपालिका प्रमुख पदका उम्मेदवार प्राडा शिवशरण महर्जन मतदान केन्द्रको निरीक्षण गर्नेक्रममा ।तस्बिर ः रत्न श्रेष्ठ, रासस

कीर्तिपुर, १६ मङ्सिरः कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखको लागि आइतबार भएको मतदानका क्रममा मतदातासँग नेपाली कांग्रेसको तफर्बाट नगरपालिका प्रमुख पदका उम्मेदवार कृष्णमान डंगोल । तस्बिर ः रत्न श्रेष्ठ, रासस

मनहरी, १६ मङ्सिरः स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा–१२ को एक वडाध्यक्ष पदका लागि भइरहेको मतदान कार्यक्रमका क्रममा विष्णु ज्योति आधारभूत विद्यालयमा अनुगमन गर्दै बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ । तस्बिरः मणिराज गौतम÷रासस

रोल्पाको रुण्टिगढी गाउँपालिका–४ नम्बर वडाको वडाध्यक्ष पदका लागि हुन लागेको स्थानीय तह उपनिर्वाचनमा सूर्योदय माध्यमिक विद्यालय सुर्पाल मतदान केन्द्रमा आफन्तको साहरामा मतदान गर्न जाँदै ज्येष्ठ नागरिक । तस्बिरः कुलदीप न्यौपाने /रासस

महोत्तरीको रामगोपालपुर नगरपालिकामा रिक्त पदका लागि आज भइरहेको उपनिर्वाचनमा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुर मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता। तस्बिर : अजयकुमार साह/रासस

गोरखा नगरपालिका वडा नम्बर ५ मा आइतबार भइरहेको वडाध्यक्ष पदको उपनिर्वाचनमा अमराईस्थित शिवशक्ति आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्बिरः दीपक श्रेष्ठ/रासस

गोरखा नगरपालिका वडा नम्बर ५ मा आइतबार भइरहेको वडाध्यक्ष पदको उपनिर्वाचनमा अमराईस्थित शिवशक्ति आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै ज्येष्ठ नागरिक । तस्बिरः दीपक ७नतसेष्ठ÷रासस

मतदान गरिँदै
त्रिशूली (नुवाकोट), १६ मङ्सिरः स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार नुवाकोटको कँकनी गाँउपालिका–२ स्थित वडा कार्यालय मतदान केन्द्रमा मतदान गरिँदै। यहाँ वडाध्यक्ष पदको लागि दुईवटा मतदान स्थलमा शान्तिपूर्वक मतदान भइरहेको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

वृद्धा मतदान गर्दै
बाजुरा, १६ मङ्सिरः स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार भएको स्वामीकार्तिक खार गाउँपालिकामा उपाध्यक्ष पदको लागि सोही गाउँपालिका–४ स्वामीकार्तिम मावि मतदान केन्द्रमा मत खसाल्दै वृद्धा महिला । तस्बिरः प्रेम रौले÷रासस

स्थानीय तह उपनिर्वाचन–२०८१ अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय भुतही मतदान केन्द्रमा किरियापुत्रीले मतदान गर्दै । डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ का वडा अध्यक्षको मृत्यु भएपछि वडा अध्यक्ष पदका लागि रिक्त रहेकाले जनप्रतिनिधि छनोट गर्न राम्रा मान्छेलाई चुन्नु पर्ने भएकाले आफ्नो अमूल्य मतदान गर्न आएको रामले बताए । तस्बिरः उमेशकुमार साह÷रासस

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा-१२ को वडा अध्यक्ष पदका लागि भइरहेको मतदान कार्यक्रमका क्रममा विष्णुज्योती आधारभुत विद्यालयमा मतदान सम्पन्न भएपछि मतपेटिकामा टाँचा लगाउँदै निर्वाचन अधिकृतहरु । तस्बिर : मणिराज गौतम / रासस

कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखकाे लागि आइतबार भएकाे मतदान सम्मपन्न भएपछि मतगणनाका लागि निर्वाचन आयाेग, राजनीतिक खलका प्रतिनिधि र सुरक्षाकर्मीले मतपेटिका पाेकाे पार्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

दार्चुलाको दुहुँ गाउँपालिका-५ मा वडा अध्यक्षकाे लागि निर्वाचन पश्चात् मतपेटिका मतगणना स्थलतर्फ लैजाँदै । कुल १ हजार दुइ सय ७२ जना मतदाता रहेकाेमा आठ सय ७७ मत खसेकाे छ । तस्बिर : नरेन्द्रसिह कार्की/रासस

महाेत्तरी जिल्लाकाे रामगोपालपुर-२ मा वडा अध्यक्षकाे उपनिर्वाचन आइतबार सम्पन्न भएपछि मतगणनाका लागि सुरक्षाकर्मीद्वारा मतपेटिका लगिँदै । तस्बिर : सञ्जीतकुमार मण्डल / रासस

रुकुम पश्चिमको सानीभरी गाउँपालिका-५ मा भएको वडा अध्यक्ष पदको उपनिर्वाचनको मतपेटिका गणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय लाखुरीबोट तर्फ लैजाँदै सुरक्षाकर्मी । तस्बिर : बलबहादुर ओली(बलेन्द्र)/रासस

कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखकाे लागि आइतबार भएकाे मतदान सम्मपन्न भएपछि निर्वाचन आयाेग, राजनीतिक खलका प्रतिनिधि र सुरक्षाकर्मीले मतगणनास्थल तर्फ लगिँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस



