काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सोमबार भएको खेलमा चितवन राइनोजले जित निकालेको छ।
टस जितेर फिल्डिङ रोजेको चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँले चितवनलाई निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ११२ रनको लक्ष्य दिएको थियो।
चितवनले ५ विकेट गुमाउँदै उक्त लक्ष्य १७.१ ओभरमा भेट्टाएको हो।
खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गरेका थिए। उनी एनपीएलको एकै खेलमा ५ विकेट लिने पहिलो बलर बने।
३९ वर्षे भेट्रान बलर तनविरले २१ रन खर्चेर ५ विकेट लिएका थिए।
काठमाडन्डुको कप्तानी करण केसीले सम्हालिरहेका छन्। चितवन राइनोजलाई कप्तानी कुशल मल्लले सम्हालेका छन्।




















