२०८३ साउन १३ गते बुधबार

काठमाडौँमा डिजिटल अधिकार महोत्सव २०२४ सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २०
digita_right_summit (4)

काठमाडौँ- डिजिटल अधिकारको सुरक्षा तथा प्रवर्द्धनका रणनीतिहरू विकास गर्ने उद्देश्यका साथ डिजिटल अधिकार महोत्सव, २०२४ सम्पन्न भएको छ। डिसेम्बर १ देखि ३ सम्म काठमाडौँमा सम्पन्न महोत्सवमा डिजिटल अधिकार र सुशासनका महत्त्वपूर्ण मुद्दाहरूलाई छलफलमा विज्ञ, अभियन्ता, र सरोकारवाला सहभागी थिए।

कार्यक्रममा डिजिटल अधिकार सम्मेलन २०२४, डिजिटल अधिकार फिल्म महोत्सव २०२४, अपांगता भएका व्यक्तिहरूका लागि इन्टरनेट गभर्नेन्स र डिजिटल अधिकार विषयक तालिम तथा इन्टरनेट गभर्नेन्स र डिजिटल अधिकार विषयक राष्ट्रिय स्कूल, २०२४ समावेश गरिएको थिए।

महोत्सवमा सहभागी वक्ताहरू तथा अन्य सहभागीहरूले डिजिटल समावेशीकरणको पक्षमा वकालत गर्ने र डिजिटल क्षेत्रलाई सबैका लागि खुला, सुरक्षित, र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। महोत्सवमा डिजिटल अधिकार र सुशासनका महत्तवपूर्ण मुद्दाहरूलाई केन्द्रमा राखेर छलफल तथा अन्तरक्रिया भएको थियो।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रममा प्रमुख वक्ताका रूपमा गौरवराज उपाध्याय, डा. मुहम्मद शब्बिर र डा. राधा पौडेलले मन्तव्य राखेका थिए। समापन समारोहमा सर्वोच्च अदालतका न्यायाधीश माननीय हरिप्रसाद फुयाँल प्रमुख आतिथि थिए।

सम्मेलनमा ‘ग्लोबल डिजिटल सम्झौताः नेपालका लागि अवसर र चुनौती’, ‘भ्रामक सूचना र कृत्रिम बौद्धिकताको युगमा अभिव्यक्ति स्वतन्त्रता’, ‘सोसल मिडिया विधेयक २०८१ र यसको प्रभाव’, ‘सूचना प्रविधि र साइबर सुरक्षा विधेयक २०८१’, ‘कृत्रिम बौद्धिकताको प्रयोगद्वारा न्यायमा पहुँच र मानव अधिकारको संरक्षण’, ‘डिजिटल सार्वजनिक पूर्वाधार र डिजिटल अधिकार’, ‘कृत्रिम बौद्धिकताको सुशासनः महिला, बालबालिका, र अपाङ्गताको संरक्षण’, ‘नेतृत्व तालिमः अपाङ्ग व्यक्तिका लागि इन्टरनेट सुशासन र डिजिटल अधिकार’लगायतका विषयमा छलफल गरिएको थियो।

यस्तै सो अवसरमा इन्टरनेट सुशासनको परिचय र नेपालको डिजिटल पारिस्थितिकी पहुँचयोग्य डिजाइनका सिद्धान्तहरू, इन्टरनेट सुशासन नीति निर्माण,द साइबर सुरक्षा र पहुँच चुनौतिहरू,राष्ट्रिय र अन्तर्राष्ट्रिय अपाङ्गता अधिकार महासन्धि, डिजिटल अधिकार र प्रविधिसँग सम्बन्धित दुई वृतचित्र समेत (फिल्म) समेत प्रदर्शन गरिएको थियो।

नेपालमा डिजिटल स्वतन्त्रताको प्रवर्द्धन र संरक्षणका लागि २०२२ मा स्थापना गरिएको डिजिटल फ्रीडम कोलिसनको आयोजना तथा इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, फ्रीडम फोरम, डिजिटल मिडिया फाउन्डेशन, मिडिया एक्सन नेपाल, फोरम फर डिजिटल इक्वालिटी, एन्टेना फाउन्डेशन नेपाल, महिलाको अपाङ्गता अधिकार समूह, मिडिया लयर्स एसोसिएसन मुख्य साझेदारका रुपमा तथा नेट फर गुड एलायन्स, मानव अधिकार फिल्म सेन्टर , एआइ फर जस्टिस, रोबोटिक एसोसिएसन अफ नेपाल, एनपीसर्ट, साइबर सुरक्षा तथा अनुसन्धानइन इन्स्टिच्युट एसोसिएट साझेदारका रुपमा रहका थिए। यस्तै युनेस्को नेपाल कार्यालय, कमिसन फोर इन्टरनेशनल कमिसन फोर, राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमले कार्यक्रममा सहयोग गरेका थिए।

प्रकाशित: २०८१ मङ्सिर २० गते बिहिबार १२:४५
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना