काठमाडौँ- नेपाल प्रिमियर लिग अन्तर्गत सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई चितवन राइनोजलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले पूरा ओभर खेल्दै ५ विकेटको क्षतिमा १६५ रनको लक्ष्य प्रस्तुत गरेको हो।
चितवनका हसन एइसाखिलले ६५ रन बनाएका थिए।
खेलमा विपीन रावलले १७, रवि बोपाराले ३६ र कुशल मल्लले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिएका थिए। ब्राडन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी र साइफ जाइबले समान एकएक विकेट लिएका थिए।


