काठमाडौँ- नेपाल प्रिमियर लिए (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका छन्।
उनीसहित कर्णाली याक्सका एक मालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका हुन्। उनीहरुले ३ घण्टा एभरेस्ट बेसक्याम्पमा बिताएका थिए।
एभरेस्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन्।
यसअघि उनले एनपीएलका क्रममा पशुपतिनाथ दर्शन गरेका थिए। शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन्।
कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए। उनलाई कर्णालीले प्रत्येक खेलको ३० हजार डलर पारिश्रमिक दिने गरी एनपिएलमा भित्र्याएको बताइको छ।
भारत फर्किएका उनले नेपालमा एनपीएल खेल्दाको अनुभवले आफूलाई हर्षित बनाएको बताए।
‘राम्रो अनुभव भयो। नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाँए,’ उनले भने।




