काठमाडौँ- एनआईसी एशिया बैंक र रेडिसन होटल काठमाडौंबीच छुट सम्झौता भएको छ।
होटलमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई २० प्रतिशतसम्म छुट दिने सम्झौतामा उल्लेख छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ डिजिटल पेमेन्ट इकोसिस्टम विमल लम्साल र होटलको तर्फबाट फुड एन्ड बेभरेज निर्देशक केदार पाण्डेले हस्ताक्षर गरे।
बैंकका ग्राहकले अब होटलको पेस्ट्री शपमा (न्यूनतम रु. १००० को खरिद गर्दा) १० प्रतिशत, एयरपोर्ट रेस्टुरेन्ट, स्पा तथा फुड एण्ड भेभरेजमा १५/१५ प्रतिशत र फिटनेस सेन्टरमा २० प्रतिशत पाउनेछन्।


