काठमाडौं – एसीसी यु- १९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज भारतसँग खेल्दै छ।
नेपाल र भारत दुवै एक खेल अगाडि नै सेमिफाइनलमा पुगेका हुन्।
खेल मलेसियाको वायुमास ओभलमा दिउँसो पौन १२ बजे सुरु हुँदै छ। हिजो भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ६ विकेटले पराजित गरेको थियो।
नेपालको जितमा कप्तान पूजा महतोले सानदार अलराउन्ड प्रदर्शन गरेकी थिइन्। लगातार दोस्रो हारपछि पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।


