एजेन्सी : अमेरिकाको विस्कन्सिनस्थित एक निजी क्रिश्चियन विद्यालयमा गोली चलेको छ।
सोमबार १७ वर्षीय एक किशोरीले गोली चलाउँदा शिक्षकसहित दुई जनाको मृत्यु भएको बताइएको छ। यद्यपि अधिकारीहरूले आक्रमणकारीको पनि मृत्यु भएको जानकारी दिएका छन्।
अधिकारीहरू आइपुग्दासम्म आक्रमणकारीको पनि मृत्यु भइसकेको प्रहरीले जनाएको छ। घटना एबन्डेन्ट लाइफ क्रिश्चियन स्कुलमा भएको हो। म्याडिसनका प्रहरी प्रमुख शान बार्नेसले आक्रमणकारीले विद्यालयमा किन गोली चलाएको भन्ने अहिले नै स्पष्ट नभएको बताए।
यस विद्यालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन्। यसअघि प्रहरीले पाँच जनाको मृत्यु भएको जानकारी दिएको थियो। बार्न्सले पत्रकारलाई भने, ‘आज म्याडिसनका लागि मात्र नभई हाम्रो सम्पूर्ण देशको लागि दिन हो। यो हाम्रो लागि दुखद् दिन हो।’
घटनामा घाइते भएका धेरैको उपचार पनि भइरहेको छ। आक्रमणकारीले आत्महत्या गरेको उनले बताए।


