एजेन्सी – रूसको आणविक कार्यक्रम प्रमुख इगोर किरिलोभको मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ।
उनलाई राष्ट्रपति पुटिनको निकै नजिक मानिन्थ्यो। राष्ट्रपति भवनबाट सात किलोमिटर टाढा उक्त विस्फोट भएको हो। युक्रेनको सुरक्षा सेवाले यो घटना आफूले गराएको दाबी गरेको छ।
रिपोर्टहरूका अनुसार, इगोर किरिलोभ आफ्नो अपार्टमेन्टबाट बाहिर जाँदै गर्दा नजिकै पार्क गरिएको एक स्कुटर विस्फोट भएको थियो। यस घटनामा इगोर किरिलोभसँगै उनका सहायकको पनि मृत्यु भएको छ।
यो विस्फोट राष्ट्रपति भवनबाट सात किलोमिटर टाढा भएको हो। विस्फोटमा ३०० ग्राम टीएनटी प्रयोग गरिएको बताइएको छ। यस सम्बन्धमा आपराधिक हत्याको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ।
यस वर्षको अक्टोबरमा बेलायतले इगोरलाई युक्रेनमा रासायनिक हतियारको प्रयोगको अनुगमन गरेको आरोप लगाएको थियो।
सामाजिक सञ्जालमा भाइरल भएको यो घटनाको भिडियोमा भवन भग्नावशेषमा रहेको र भग्नावशेषमा दुई रगतले लतपतिएको शव देख्न सकिन्छ।
प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ।


