२०८३ कार्तिक १३ गते बिहिबार

फाइनलमा पुग्यो सुदूरपश्चिम, जनकपुरले कर्णालीसँग क्वालिफायर खेल्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ३
sudurpaschim

काठमाडौँ- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रेवेश गरेको छ। क्वालिफायर राउन्डको दोस्रो खेलमा जनकपुर बोल्टसलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल पुगेको हो।

बुधबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम ८ विकेटले विजयी भएर फाइनल प्रवेश गरेको हो।

जनकपुर बोल्टसले दिएको १३९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभर खल्दै लक्ष्य चेज गरेको थियो।

सुदूरपश्चिमका विनोद भण्डारीले ५८ रन बनाउँदा साइफ जाइबले ३२ रन बनाएका थिए। यस्तै दीपेन्द्रसिंह ऐरीले २० रन र ब्रान्डन म्याकमलेनले २५ रन जोडेका थिए।

बलिङतर्फ जनकपुरका ललित राजवंशी र किशोर महतोले एकएक विकेट लिएका थिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४० रनको लक्ष्य दिएको थियो।

जनकपुरका जेम्स निसमले सर्वाधिक ४५ रन बनाए। शुभ कंसाकारले २६ रनको योगफल तयार पारेका थिए।

यस्तै लाहिरू मिलान्था र हर्ष थाकरले समान १२-१२ रन बनाउँदा आसिफ शेख र अरनिको यादवले ११-११ रन बनाएका थिए। बाँकी खेलाडीले दोहोरो रन भेट्टाउन सकेनन्।

बलिङतर्फ सदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिएका थिए।

साइफ जाइबले २ विकेट लिँदा अविनाश बोहरा र स्कट कुगेलेइनले समान एकएक विकेट लिएका थिए।

क्वालिफायर खेलमा पराजित जनकपुरले इलिमिनेटरमा विजयी कर्णालीसँग खेल्नेछ। यो खेलबाट विजेता बनेको टोलीले सुदूरपश्चिमसँग फाइलन खेल्नेछ।

यसअघि आजै भएको इलिमिनेटर राउन्डको खेलमा कर्णाली याक्स विजयी हुँदै क्वालिफायरमा प्रवेश गरेको थियो। १७६ रनको लक्ष्य पछ्याएको चितवनलाई कर्णालीले २१ रनले पराजित गरेको हो।

चितवनले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५४ रन मात्र बनाउन सकेपछि कर्णाली विजयी भएको थियो।

बिहान ९ बजे सुरु भएको खेलमा चितवनका राइनोजका रवि बोपाराले खेलमा अर्धशतक पूरा गरेका थिए। उनले ३४ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा उनले ५३ रन जोडर आउट भए। कुशल मल्लले २१ रन बनाउँदा अन्य खेलाडीले २० रन कटाउन सकेनन्।

बलिङतर्फ जिसन मक्सुदले ३, सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए। यस्तै विपीन शर्माले १ विकेट लिएका थिए।

बुधबार बिहान त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो।

खेलमा कर्णालीका विलियम बोसिस्टोले अर्धशतक पूरा गरेका थिए। उनले ३ चौका र २ छक्काको मद्दतमा ३९ बलमा ५२ रन जोडका थिए।

बिहानको खेलमा जयकिसन कोलसावालाले पनि अर्धशतक पूरा गरेका थिए। ३९ बलमा ६ चौका र २ छक्काको मदतमा उनले ५३ रन बनाएका थिए।

कर्णाली याक्सका चाडविक वाल्टन भने ४ रनले अर्धशतक बनाउनबाट चुके। बलिङतर्फ चितवनका सोयल तनवीरले २ विकेट लिँदा शरद भेस्वाकर, रवि बोपारा र कुशल मल्लले समान एकएक विकेट लिएका थिए।

चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ। क्वालिफायर राउन्डको पहिलो खेलमा पराजित जनकपुरले कर्णालीसँग फेरि अर्को क्वालिफायर खेल खेल्नेछ। दोस्रो क्वालिफायर खेल विजेताले फाइनल पुगेको सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

एनपीएलको फाइनल खेल शनिबार हुने तय छ।

प्रकाशित: २०८१ पुस ३ गते बुधबार ०४:१४
प्रतिक्रिया

थप समाचार

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना