काठमाडौँ – जथाभावी फोहोर फालेको भन्दै काठमाडौंको एउटा क्लिनिकलाई महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।
महानगरपालिका वडा नम्बर-१ मा रहेको आवरण स्किन क्लिनिकलाई अस्पतालजन्य फोहोर जथाभावी फालेको भन्दै ५० हजार जरिवाना गरिएको महानगरले जनाएको छ।
आजै मात्र काठमाडौं महानगरपालिकाले वडा नम्बर ३ मा रहेको धुमवाराही क्षेत्रमा रहेको एसियन रेज मेडिकेयर सेन्टरलाई पनि अस्पतालजन्य फोहोर फ्याकेको भन्दै ५० हजार कारबाही गरेको थियो।
गत मंसिर ७ गते काठमाडौँमा उपनिर्वाचनलक्षित कार्यक्रममा फोहोर गरेको भन्दै नेकपा एमालेलाई पनि महानगरले जरिवाना गरेको थियो।


