एजेन्सी – फ्रान्समा आफ्नी श्रीमतीलाई लागूऔषध खुवाएर अज्ञात व्यक्तिबाट १० वर्षसम्म बलात्कार गर्ने श्रीमान र अन्य ५० जना बलात्कारका आरोपितलाई २० वर्षको जेल सजाय सुनाइएको छ। दक्षिणी फ्रान्सको एभिग्नन अदालतले बिहीबार आफ्नो फैसला सुनाएको हो।
७२ वर्षीय आरोपी पतिको नाम डोमिनिक पेलिकोट हो। फ्रान्स २४ को रिपोर्टअनुसार डोमिनिककी श्रीमती गिजेल पेलिकोटले ९१ वटा बलात्कारका मुद्दा दर्ता गराएकी छन्।
जसमध्ये ७२ अभियुक्तको पहिचान भएको थियो, त्यसमध्ये ५१ जना पक्राउ परेका थिए। यी सबै अभियुक्तहरू डोमिनिकसँग इन्टरनेटमार्फत सम्पर्कमा आएका थिए।
५१ अभियुक्तमध्ये ५० जनामाथि बलात्कारको आरोप छ। यसबाहेक, एक अभियुक्तले गिजेलसँग माफी मागेका थिए, उनी यौन उत्पीडनको दोषी घोषित भएका थिए। सुनुवाइका क्रममा ५१ मध्ये ३२ जना धरौटीमा छुटेका थिए। यसप्रति गिजेलले पनि असन्तुष्टि जनाएकी थिइन्।
बलात्कार गर्नेमा बैंकका कर्मचारी र पत्रकार पनि
महिलालाई बलात्कार गर्नेमा फायरम्यान, लरी चालक, नगरपालिका काउन्सिलर, बैंक कर्मचारी, जेल गार्ड, नर्स र पत्रकार रहेका छन्।
प्रहरीका अनुसार तीमध्ये धेरैले महिलालाई एक पटक र कसैले ६ पटकसम्म बलात्कार गरेका छन्। यी अभियुक्तहरूको उमेर २६ देखि ७३ वर्षको बीचमा रहेको छ।
यो घटनापछि आधुनिक र प्रजातान्त्रिक देशको पहिचान भएको फ्रान्समा महिलाको सुरक्षालाई लिएर बहस सुरु भयो। यो कुरा बाहिर आएपछि फ्रान्सका विभिन्न सहरमा प्रदर्शन पनि भएको थियो। बिहीबार अर्थात् आज सुनुवाइका क्रममा पनि धेरै प्रदर्शनकारी अदालतबाहिर पुगेका थिए।
बलात्कारको भिडियो पनि बनाउने गरेका थिए आरोपीले
प्रहरीका अनुसार आरोपी पेलिकोट वेवसाइटमार्फत पुरुषसँग सम्पर्कमा आएर फोन गर्ने गर्थे। आफ्नी श्रीमतीलाई गहिरो निद्रा दिन उनले खाना र पेय पदार्थमा निद्राको चक्की मिसाउने गर्थे। त्यसपछि उनले मानिसहरूलाई बलात्कार गर्न लगाउँथे। उनले घटनाको भिडियो पनि बनाएका थिए।
रिपोर्टका अनुसार बलात्कारको घटना २०११ देखि २०२० सम्म भएको थियो। महिलाका वकिलका अनुसार श्रीमतीलाई यस्तो बेहोस अवस्थामा राखिएको थियो कि उनलाई अपराधबारे थाहा नै भएन। यससँग जोडिएको एउटा घटना पनि उनलाई याद छैन।
वकिलले भने कि सन् २०२० मा एक अपराधको अनुसन्धानका लागि प्रहरीले महिलालाई बोलाउँदा यो चकित पार्ने कथा थाहा भएको हो।
लागूऔषधका कारण कपाल झर्न थालेको र तौल घट्दै गएको महिलाले बताइन्। उनको स्मरणशक्ति कमजोर हुँदै गइरहेको थियो। उनले ती कुराहरू पनि बिर्सन थालेकी थिइनँ। उनका छोराछोरी र साथीहरूले महिलालाई अल्जाइमर भएको बताएका थिए।
प्रहरीले सेप्टेम्बर २०२० मा आरोपीलाई समातेको थियो। उनले सपिङ सेन्टरमा गुपचुप रूपमा महिलाहरूको भिडियो खिचिरहेका थिए। प्रहरीले उनको कम्प्युटर जाँच गर्दा श्रीमतीको सयौं भिडियो भेट्टाएको थियो। जसमा उनी अचेत अवस्थामा देखिएकी थिइन्। भिडियोमा फरकफरक व्यक्ति थिए।
प्रहरीले कम्प्युटरमा एउटा वेबसाइटमा च्याट पनि फेला पारेको थियो, जसमा उनले अपरिचित व्यक्तिहरूलाई आफ्नो घरमा बोलाउने गर्थे। प्रहरीले यो वेबसाइट बन्द गरेको छ। आरोपितले आफ्नी श्रीमतीलाई उच्च मात्रामा ट्रान्क्विलाइजर खुवाउने गरेको स्वीकार गरेका छन्।
घरभित्र पसेपछि महिलालाई केही नराम्रो नगर्ने र तुरुन्तै फर्किएका तीन जना मात्रै रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बाँकी सबै ७२ जनाले अपराध गरेका खुलेको प्रहरीले जनाएको छ।


