एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पश्चिमा मुलुकसँग आफ्नो ‘ओरेश्निक मिसाइल’ (आधुनिक मिसायल रक्षा प्रणाली) को समाधान नभएको बताएका छन्।
‘पश्चिमा देशहरूले चाहेर पनि यसलाई रोक्न सक्दैनन्, किनभने उनीहरूसँग यसलाई रोक्ने प्रविधि छैन’, पुटिनेले भने।
रुसले गत नोभेम्बर २१ मा युक्रेनमाथि मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल ‘ओरेश्निक’ परीक्षण गरेको थियो। यसले ३ किलोमिटर प्रतिसेकेन्डको गतिमा मार हान्न सक्छ।
पुटिनले बिहीबार सन् २०२४ को आफ्नो अन्तिम सम्बोधनमा यस्तो बताएका हुन्। उनले युक्रेन युद्ध, अर्थतन्त्र, मुद्रास्फीतिजस्ता विषयहरूमा पनि प्रश्नहरूको जवाफ दिए। पुटिनले रुसको वृद्धिदर युरोपमा सबैभन्दा उच्च र विश्वमा चौथो रहेको बताए।
महँगी बढ्नुका कारण समृद्धि हो- पुटिन
पुटिनले हरेक वर्षको अन्त्यमा टिभीमा सार्वजनिक प्रश्नहरूको जवाफ दिने गर्छन्। यो रूसी टिभी च्यानलहरूमा प्रत्यक्ष देखाइन्छ। समाचार एजेन्सी एपीका अनुसार विगत केही वर्षदेखि यस कार्यक्रममा घरेलु मुद्दा हाबी भएका छन्।
समाचार एजेन्सी एपीका अनुसार विगत केही वर्षदेखि यस कार्यक्रममा घरेलु मुद्दा हाबी भएका छन्। स्टुडियोमा फोन गर्ने अधिकांश मानिसहरूले सडक मर्मत, बिजुलीको मूल्य, उपचार, सरकारी अनुदान र सामाजिक समस्याबारे प्रश्न सोधेका थिए।
देशको आर्थिक अवस्थाबारे सोधिएको प्रश्नमा पुटिनले बाह्य खतराको सामना गर्दा पनि मुलुकको अर्थतन्त्र स्थिर रहेको र मुलुक प्रगतिको बाटोमा रहेको बताए। पुटिनले मुलुकमा मुद्रास्फीति ९ प्रतिशतमा पुगेको जो चिन्ताजनक भए पनि समग्र अवस्था स्थिर रहेको बताए। पुटिनले यस वर्षको वृद्धिदर ३.९ प्रतिशत हुने बताएका छन्।
कार्यक्रममा पुटिनले मुद्रास्फीतिसँग सम्बन्धित प्रश्नमा मुलुकमा कतिपय वस्तुको उपभोग आपूर्तिभन्दा बढी भएको बताए।
जनताको तलब बढेसँगै उनीहरूको क्रयशक्ति बढे पनि उत्पादन भने तुलनात्मक रूपमा बढेको छैन। यो मुद्रास्फीति बढ्नुको सबैभन्दा ठूलो कारण हो।


