काठमाडौँ– नेपालका ‘क’ वर्गका बैंकमध्ये अधिकांश बैंकको मोबाइल एप बनाएको फिनटेक कम्पनी एफवन सफ्टको खाताबाट रकम चोरी भएको छ।
दुई महिनाअघि एफवन सफ्टले सिटिजन्स बैंकको खातामा राखेको ३ करोड ४२ लाख रुपैयाँ चोरी भएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको हो।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बैंकको सिस्टममा पहुँच पुर्याएर रकम चोरी गरेको भन्दै उजुरी आएको जानकारी दिए।
‘यस विषयमा अनुसन्धान भइरहेको छ,’ अवस्थीले भने।
प्रहरी उपरीक्षक अवस्थीका अनुसार यस घटनामा धेरै व्यक्ति प्रतिवादी हुने देखिएको छ।
फिनटेक कम्पनी एफवन सफ्ट डिजिटल वालेट ईसेवा, फोन पेलगायतका प्रविधि कम्पनीहरूको माउ कम्पनी हो।


