२०८३ कार्तिक १३ गते बिहिबार

अमेरिकाले भन्यो- पाकिस्तानको लामो दूरीको क्षेप्यास्त्र हाम्रो लागि खतरा बन्दैछ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ५
pakistan-missale

एजेन्सी – अमेरिकी उपराष्ट्रिय सुरक्षा सल्लाहकार (डेपुटी एनएसए) जोन फिनरले बिहीबार पाकिस्तानको उन्नत क्षेप्यास्त्र कार्यक्रम अर्थात् लामो दूरीको ब्यालिस्टिक मिसाइलको कार्यक्रम अमेरिकाका लागि खतरा भएको बताएका छन्। यससँग सम्बन्धित प्रविधि पाकिस्तानले लिएको फाइनरले बताए।

यो प्रविधिबाट बनेको मिसाइलले एसियाली देश मात्र नभई अमेरिकालाई पनि आक्रमण गर्न सक्छ। फाइनरले भने, ‘यसले पाकिस्तानको नियतमाथि प्रश्न खडा गरेको छ। यद्यपि पाकिस्तानले यस्तो क्षेप्यास्त्र बनाएको हो वा होइन भन्ने अझै स्पष्ट भइसकेको छैन।’

जोन फाइनर वासिङ्टनस्थित थिंक ट्यांक कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेशनल पिसमा भाषण दिन आएका थिए।

फाइनरले पाकिस्तान अमेरिकाको सुरक्षाका लागि खतरा जस्तो देखिने बताए। फाइनरका अनुसार आणविक हतियार भएका र अमेरिकामाथि मिसाइल आक्रमण गर्ने क्षमता जम्मा तीन वटा देश छन्। जसमा रुस, चीन र उत्तर कोरिया पर्छन्। तीनै देश अमेरिकाविरुद्ध छन्। यस्तो अवस्थामा पाकिस्तानको यो कदम अमेरिकाका लागि नयाँ चुनौती बनिरहेको छ।

पाकिस्तानका ४ रक्षा कम्पनीलाई प्रतिबन्ध

बुधबार अमेरिकाले लामो दूरीको मिसाइल बनाउने पाकिस्तानका चार रक्षा कम्पनीलाई प्रतिबन्ध लगाएको थियो। यसमा पाकिस्तानको सरकारी एयरोस्पेस र रक्षा एजेन्सी, नेशनल डेभलपमेन्ट कम्प्लेक्स (एनडीसी) पनि छ। यसबाहेक एफिलिएट्स इन्टरनेशनल, अख्तर एन्ड सन्स प्राइभेट लिमिटेड, रकसाइड इन्टरप्राइजलाई पनि प्रतिबन्ध लगाइएको छ।

समाचार एजेन्सी एएनआईले अमेरिकालाई उद्धृत गर्दै भनेको छ- चार प्रतिबन्धित कम्पनीहरूले पाकिस्तानको ब्यालिस्टिक मिसाइल कार्यक्रमका लागि आवश्यक उपकरणहरू उपलब्ध गराउँदै आएका छन्। अमेरिकाले भविष्यमा पनि यस्ता गतिविधिविरुद्ध कारबाही जारी राख्नेछ।

प्रकाशित: २०८१ पुस ५ गते शुक्रबार ०९:०८
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना