काठमाडौँ – जनकपुर बोल्ट्सले पहिलो संस्करणको एनपिएल प्रतियोगिता जितेको भन्दै पर्साको एउटा गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज एक सूचना जारी गर्दै भोलि पुस ७ गते आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अत्यावश्यकबाहेक बिदा दिएको जनाएको छ।
जनकपुर बोल्ट्सले आज सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि जितेको हो।



