२०८३ कार्तिक १३ गते बिहिबार

दोस्रो एनपिएल थप व्यवस्थित र उत्कृष्ट बनाउँछौँ – खेलकुद मन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ७
tejulal-chaudhary

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अहिलेको भन्दा थप व्यवस्थित र उत्कृष्ट बनाइने बताएका छन्। यसका लागि सरकारका तर्फबाट लागिपर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा मन्त्री चौधरीले कीर्तिपुर क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिए। रङ्गशाला अत्याधुनिक बनाउन स्रोत सुनिश्चित भएको उनले बताए।

खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो चुनौती भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै मन्त्री चौधरीले आफ्नो मन्त्रालयको कुल बजेट रु तीन अर्ब ५० करोड रहेकाले खेलकुद र खेलाडीको वृत्तिविकासका लागि अपेक्षाकृत काम गर्न नसकिएको स्विकारे।

मन्त्री चौधरीले मूलपानी, विराटनगर क्रिकेट रङ्गशाला र कीर्तिपुर रङ्गशालामा गरी कुल रु १२ अर्बभन्दा बढीको लागत लाग्ने जानकारी दिए। सातै प्रदेशमा तत्काल क्रिकेट रङ्गशालाको खाँचो औँल्याउँदै उनले भने, ‘क्रिकेटका तीनवटा रङ्गशाला राष्ट्रिय गौरवको योजनामा छन्। तीनवटै रङ्गशालाको बजेट करिब रु १२ अर्ब पेस भएको छ।’

सरकारले खेलाडीको वृत्तिविकास, मनोबल उच्च बनाउन र खेलाडीको आर्थिक अवस्था बलियो बनाउन नीतिगत निर्णय गर्ने मन्त्री चौधरीको भनाइ थियो। बैंकर्स संघ, आयल निगम, विद्युत् प्राधिकरणलगायत संस्थासँग खेलाडीको वृत्तिविकास र रोजगारीका लागि छलफल भइरहेको उनले जानकारी दिए।

खेलकुद क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार निर्माणको आवश्यकता रहेको बताउँदै मन्त्री चौधरीले काठमाडौँ उपत्यकाभित्रै फुटबलका लागि नयाँ रंगशाला निर्माण गर्न उपयुक्त स्थानको खोजी भइरहेको जानकारी दिए।

प्रकाशित: २०८१ पुस ७ गते आईतबार ०९:५१
प्रतिक्रिया

थप समाचार

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना