एजेन्सी – बलिउडलाई ‘मन्थन’ र ‘अंकुर’जस्ता उत्कृष्ट फिल्म दिने चर्चित फिल्म निर्देशक श्याम बेनेगलको निधन भएको छ।
लामो समयदेखि बिरामी भएर पनि विभिन्न परियोजनामा काम गरिरहेका श्याम बेनेगल ९० वर्षको उमेरमा सोमबार साँझ ६ बजेर ३९ बजे निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। उनको मुम्बई सेन्ट्रलस्थित वकार्ट अस्पतालमा निधन भएको हो।
छोरी पिया बेनेगलले उनका बुवा मिर्गौलाको दीर्घरोगबाट पीडित रहेका र यो रोगको अन्तिम चरणमा पुगेको बताएकी थिइन्।
श्याम बेनेगलका फिल्मले ८ वटा राष्ट्रिय अवार्ड जितेका थिए। उनले ‘जुबैदा’, ‘द मेकिंग अफ द महात्मा’, ‘नेताजी सुभाष चन्द्र बोसः द फोरगटन हिरो’, ‘मण्डी’, ‘आरोहण’, ‘वेलकम टु सज्जनपुर’ जस्ता दर्जनौं उत्कृष्ट फिल्म बनाएका छन्।
शायन बगेनालले भारतको प्रतिष्ठित दादासाहेब फाल्के अवार्ड पनि पाएका छन्।
श्याम बेनेगलले आफ्नो करियरमा २४ फिल्म, ४५ वृत्तचित्र र १५०० विज्ञापन फिल्म बनाएका छन्। उनलाई सन् १९७६ मा भारतको उच्च सम्मा पद्मश्रीबाट सम्मानित गरिएको थियो। सन् १९९१ मा श्याम बेगिनलाई पद्मभूषण पनि दिइएको थियो।
