एजेन्सी – मंगलबार जम्मु र कश्मीरको पुन्च जिल्लाको बालनोई सेक्टरमा भारतीय सेना सवार गाडी दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु भएको छ।
व्हाइट नाइट कर्प्सले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेको छ- गाडी ३ सय फिट गहिरो खाल्डोमा खसेको थियो।
पुन्च सेक्टरमा परिचालन ड्यूटीमा रहेको सेनाको गाडी दुर्घटनामा भएको हो। ह्वाइट नाइट कर्प्सले सैनिकको निधनमा शोक व्यक्त गरेको छ। घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।
दुर्घटनामा चालकसहित १० सैनिक गम्भीर घाइते भएका छन्। दुर्घटनास्थलमा एक प्रहरी टोली पुगेको छ। उनीहरूले घटनास्थलबाट उद्धार कार्य सुरु गरेका छन्।


