काठमाडौँ- हाइटीको सबैभन्दा ठूलो मानिने सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा गोली चलेको छ।
राजधानी पोर्ट–ओ–प्रिन्समा भएको पत्रकार सम्मेलनका क्रममा हतियारधारीले चलाएको गोली लागेर तीन जनाको ज्यान गएको छ।
गोली लागेर मृत्यु हुनेमा दुई पत्रकार र एक प्रहरी छन्। घटनामा कैयौँ घाइते भएको बताइएको छ।
उक्त सरकारी अस्पताल हिंसात्मक समूहले कब्जामा लिएको थियो।
पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीले सम्बोधन गर्नुअघिको अवस्थामा ती हतियारधारीले गोली चलाएका थिए।
भिभ अन्सानम समूहले हमलाको जिम्मा लिएको छ।


