एजेन्सी – डिसेम्बर ४ मा भारतमा फिल्म प्रदर्शनका क्रममा भागदौडमा ज्यान गुमाएका महिलाका परिवारलाई अभिनेता अल्लु अर्जुन र फिल्म ‘पुष्पा’का निर्माताले बुधबार दुई करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
तेलंगाना राज्य चलचित्र विकास निगम (एफडीसी) का अध्यक्ष र प्रमुख निर्माता दिल राजुका अनुसार फिल्म व्यक्तित्वहरूको एक प्रतिनिधिमण्डलले बिहीबार तेलंगानाका मुख्यमन्त्री ए रेभन्थ रेड्डीलाई भेटेर सरकार र फिल्म उद्योगबीचको राम्रो सम्बन्ध बनाउनु प्रयास गरेका थिए।
अल्लु अर्जुनका बुबा तथा निर्माता अल्लु अरविन्द, दिल राजुलगायत मृत्यु हुनुअघि ती महिलालाई भेट्न अस्पताल गएका थिए। भागदौडमा घाइते भएकी बालिकाको भने अस्पतालमा उपचार भइरहेको छ।
अल्लु अरविन्दले बालिकाको परिवारलाई सहयोग गर्न अल्लु अर्जुनले १ करोड, फिल्म ‘पुष्पा’को निर्माण कम्पनी मैत्री मुभी मेकर्सले ५० लाख र फिल्मका निर्देशक सुकुमारले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको घोषणा गरेका हुन्।


